फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टाइनद्बारा संयुक्त राष्ट्र संघका विभिन्न संस्थामा आवेदन

(GMT+08:00) 2013-12-04 10:56:54

         प्यालेष्टाइन मुक्ति संगठनको कार्यकारिणी समितिका सदस्य हनान अश्रवीले हिजो तीन तारिख प्यालेष्टाइन र इजरायलबीच नौ महिनाको शान्ति वार्तापछि संयुक्त राष्ट्र संघका विभिन्न संस्थामा सहभागी हुन फेरि एक पटक आवेदन गर्ने बताउनुभएको छ।

        कार्यकारिणी समितिका सदस्य हनानले प्यालेष्टाइनले आवेदनका लागि सम्बन्धित दस्तावेज तयारी गरेको औंल्याउनुभएको छ। उहाँले शान्ति वार्ता सम्पन्नपछि प्यालेष्टाइनको अन्तर्राष्ट्रिय स्तरलाई बढाउनका लागि संयुक्त राष्ट्र संघका विभिन्न संस्थामा सहभागी हुन आवेदन गर्ने स्पष्ट पार्नु भएको छ।

         प्यालेष्टाइन र इजरायलका प्रतिनिधिले गत दुइ तारिख जेरुसलममा पछिल्लो वार्ता गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह