फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सात हजारभन्दा बढी तिब्बती पारिभाषिक शब्दावली

(GMT+08:00) 2013-12-04 18:09:14

        तिब्बत स्वायत्त प्रदेशीय सरकारी संस्थाबाट प्राप्त समाचारअनुसार, हालसम्म तिब्बतले सात हजारभन्दा बढी तिब्बती पारिभाषिक शब्दावली तयार गरी सार्वजनिक गरेको छ।

        तिब्बत स्वायत्त प्रदेशीय तिब्बती भाषा कार्य समितिबाट प्राप्त जानकारीअनुसार, त्यसबाहेक साठ्ठी हजारभन्दा बढी वैज्ञानिक तथा प्राविधिक पारिभाषिक शब्दावली, एक लाख बीस हजार वटा कम्प्युटरसम्बन्धी पारिभाषिक शब्दावली पनि तयार गरी सार्वजनिक गरिएको छ। साथै तिबब्तको बैङ्क सेवामा तिब्बती भाषा र लिपी प्रयोग गर्ने नियम बनाइएको छ।

         गत अक्टोबरमा सार्वजनिक भएको "तिब्बतको विकास तथा प्रगति" शीर्षकको श्वेत पत्रका अनुसार, तिब्बतमा तिब्बती भाषामा चौधवटा पत्रिका र दशवटा अखवार रहेका छन्। सन् 2012 मा तिब्बत स्वायत्त प्रदेशले तिब्बती भाषामा सात सय असी किसिमका 43 लाख दश हजार पुस्तक प्रकाशन गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह