फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप-राष्ट्राध्यक्ष र अमेरिकाका उप-राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2013-12-04 19:55:39
       सिन ह्वा समाचार समितिका अनुसार, चीनका उप-राष्ट्राध्यक्ष ली युआन छाउले आज चार तारिख पैचिङमा अमेरिकाका उप-राष्ट्रपति बाइडेनसँग भेट-वार्ता गर्नुभएको छ।

      सो अवसरमा उप-राष्ट्राध्यक्ष ली युआन छाउले गत जुन महिनामा राष्ट्राध्यक्ष सी र राष्ट्रपति ओबामाबीच चीन-अमेरिका नयाँ ठूलो मुलुक सम्बन्धबारे महत्वपूर्ण सहमत सम्पन्न भएको बताउनुभयो। चीनले अमेरिकी उच्च तहसँग रणनीतिक सम्पर्क बढाएर विभिन्न क्षेत्रको व्यावहारिक सहयोग वृद्धि गर्ने इच्छा लिएको पनि उहाँले स्पष्ट पार्नुभयो।

      प्रत्युत्तरमा उप-राष्ट्रपति बाइडेनले अमेरिका-चीन सम्बन्धले विश्वमा महत्वपूर्ण प्रभाव राखेको र यो अझै विकासित हुँदैआएको व्यक्त गर्नुभयो। अमेरिकाले चीनका उच्च तहसँग आवत-जावत बढाएर खुला तथा रचनात्मक विचार लिएर मतभेद समाधान गरी अमेरका-चीन नयाँ ठूलो मुलुक सम्बन्धलाई बढाउन प्रयास गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह