फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यूक्रेनका राष्ट्रपतिद्वारा सी.आर.आई.को भ्रमण

(GMT+08:00) 2013-12-05 12:01:33

        चीनको राजकीय भ्रमणमा रहनुभएका यूक्रेनका राष्ट्रपति भिक्टोर फेडोरोभिच यानुकोभिचले 5 तारिख विहान सी.आर.आई.को अवलोकन भ्रमण गर्नुभएको छ। साथै सी.आर.आई.अनलाइनअन्तर्गत यूक्रेन इन्टरनेट रेडियो एवम् यूक्रेन वेवसाइट सञ्चालन भएको पाँचौं वार्षिकोत्सव समारोहमा उपस्थित हुनुभएको छ।

         समारोहअघि राष्ट्रपति यानुकोभिच र सी.आर.आई.का प्रमुख वाङ्ग कङ्ग न्यानबीच भेट-वार्ता भएको थियो।

         सन् 2008देखि सी.आर.आई.अनलाइनअन्तर्गत यूक्रेन वेवसाइट सञ्चालनमा आएको हो र हाल चीनमा यो एउटा मात्रै यूक्रेन भाषाको सञ्चार माध्यम हो।

         सी.आर.आई.अनलाइनले 65 वटा विविध भाषामार्फत विश्वभरि प्रसारण गर्दैआएको छ र विश्वमा सबैभन्दा बढी भाषामार्फत प्रसारण गर्ने वेवसाइट माध्यम हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह