फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ महानगरभित्र अब निशुल्क पार्किङ

(GMT+08:00) 2013-12-05 18:25:11

        काठमाडौं महानगरपालीकाभित्र सवारी पार्किङ शुल्क तिर्दा-तिर्दा आजित हुनुभएको छ भने तपाईंका लागि खुशीको खबर छ। महानगरपालिकाका सार्वजनिक स्थानहरुमा पुस 1 गतेदेखि पार्किङ निःशुल्क हुने भएको छ। महानगरपालिकाले नयाँ बानेश्वर, प्युखा, खिचापोखरी, कालीमाटी लगायतका 73 स्थानमा निःशुल्क पार्किङको व्यवस्था गर्न लागेको हो।

        स्थानीय स्वायत्त शासन ऐन 2055 र नियमावली 2056 का प्रावधानअनुरुप महानगरपालिकाले पार्किङ शुल्क लिएर सवारी व्यवस्थापन गर्दै आएको थियो। उक्त व्यवस्था असार मसान्तमै सकिएकाले अब निःशुल्क पार्किङ बनाइएको महानगरको भनाइ छ।

         महानगरपालिकाले फागुन महिनामा काठमाडौंका 73 स्थानमा खुला प्रतिस्पर्धाबाट पार्किङका लागि बोलपत्र आहृवान गरेकोमा पार्किङ ठेकेदारहरुले महानगरको कदम न्याससंगत नभएको भन्दै वैशाखमा सर्वोच्च र पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्धा अदालतमा अझैपनि विचाराधीन भएकाले महानगरले बोलपत्र आहृवान गर्न नमिलेपछि निःशुल्क पार्किङ बनाइएको हो।

         निःशुल्क पार्किङको व्यवस्था भएपनि चालक मर्यादामा रहनुपर्छ। पार्किङ स्थलको प्रारम्भ बिन्दु र अन्तिम बिन्दुमा रेखाचिन्ह र सूचनापाटी राखिने छ। रेखा चिन्हभन्दा बाहिर राखिएका सवारी साधनलाई 1 हजार रुपैयाँ जरिवाना गरिने छ। मोटरसाइकलका लागि 2.5 फिट र चारपांग्रेका लागि 9 फिटको क्षेत्र राखी रेखाङ्कन गरिने बताइएको छ।

         महानगरपालिको गत शुक्रबार बसेको बोर्ड बैठकले यात्रु आवागमनमा असहज भए कार्यदलको सिफारिसमा पार्किङ स्थल हटाउन सकिने निर्णय गरेको अनलाइन खबरले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह