फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चारपाङ्ग्रे सवारी साधनमा 15 प्रतिशतसम्म मूल्यवृद्धि

(GMT+08:00) 2013-12-05 18:26:50

        नेपाली बजारमा पछिल्ला 4 महिनायता चारपाङ्ग्रे सवारीमा 15 प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। अमेरिकी डलरको अधिमूल्यनसँगै तेस्रो मुलुकबाट आयात हुने अधिकांश सवारीको मूल्य बढेको हो।

        डलर भुक्तानी गरिने भएकाले आयातमा निर्भर नेपालको अर्थतन्त्रमा डलरको मूल्यवृद्धिले प्रत्यक्ष प्रभाव पार्छ। यही प्रभावले टोयोटा, किया, हुन्डाई, फोर्डसहित भारतीय टाटा गाडीको समेत मूल्य उकालो लागेको छ।

        लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठका अनुसार साउनमा 29 लाख 96 हजार रुपैयाँमा पाइने कोरियाली हुन्डाई एसेन्ट जीएलको मूल्यमा मंसिरमा 32 लाख 96 हजार रुपैयाँ पुगेको छ। 'डलर बढ्दा समग्र बजार प्रभावित हुन्छ ,' नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का उपाध्यक्षसमेत रहेका श्रेष्ठ भन्नुहुन्छ, 'हुन्डाइमात्रै होइन, सबै चारपाङ्ग्रेको अवस्था यही हो।'

        पार्टपुर्जा महँगिदा भारतबाट आउने सवारीको भाउ पनि उल्लेख्य बढेको छ।

         साउनमा 15 लाख 45 हजार पर्ने टाटा इन्डियाका एलई रिफ्रेससको मूल्य अहिले 16 लाख 45 हजार पुगेको छ। साउनमा 21 लाख 99 हजारमा पाइने फोर्डको फिगो जोडएक्सआईको मूल्य मंसिरमा 22 लाख 25 हजार पुगेको छ। त्यस्तै, 89 लाख 99 हजारमा पाइने कियाको सोरेन्टो 2.2 एल अहिले 1 करोड 2 लाख 50 हजारमा बिक्री भइरहेको छ। 91 लाख 80 हजार पर्ने टोयोटा रेभ फो पनि बढेर 92 लाख 80 हजार पुगेको छ।

         नेपालमा बिक्री हुने हुन्डाई, निसान, टोयोटा, फोर्ड, फक्सवागेन, स्कोडा, पुन्जो, होन्डा, डायत्सु, माज्दालगायत ब्रान्डका गाडी तेस्रो मुलुकबाट आएका हुन्छन्। यी गाडी चीन, भारत, जापान, मलेसिया, जर्मनी, इटाली, फ्रान्सलगायत मुलुकका उत्पादन हुन्।

         उच्च भन्सारका कारण गाडीको चर्को मूल्य तिर्न बाध्य नेपाली उपभोक्तालाई डलरको अधिमूल्यनले थप चाप परेको छ। नेपालमा भारतबाहेक तेस्रो मुलुकबाट आउने गाडीको मूल्य 20 लाख रुपैयाँदेखि 2 करोड रुपैयाँ बढी छ।

         डलरको भाउमा उतारचढाव आइरहने तथा सरकारले पनि बर्सेनी राजस्व बढाउँदै लजानेजस्ता कारणले चालू वर्ष पनि अटो क्षेत्र धराशयी भएको व्यवसायीहरु बताउँछन्। बैंकहरुले व्याजमा केही कटौती गरे पनि अन्तःशुल्क, भन्सार र अन्य शुल्क गरी झन्डै 2 सय 40 प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले सवारी साधन महँगा हुँदै गएको भन्दै उनीहरुले पुर्नविचार गर्न सरकारलाई आग्रह गर्दै आएका छन्।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह