फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूरपश्चिमाञ्चल महोत्सवको तयारी पूरा

(GMT+08:00) 2013-12-05 18:28:05

       पर्सि मंसिर 22 गतेबाट धनगढीमा सुरु हुने सुदूरपश्चिामाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

        आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले गरेको पत्रकारसम्मेलनमा सङ्घका महासचिव राजेश भण्डारीले महोत्सवको तयारीको काम 90 प्रतिशत पूरा भएको जानकारी दिनुभयो।

        आगामी पुस 2 गतेसम्म जारी रहने महोत्सवमा झन्डै 3 सय व्यापारिक स्टल रहने बताइएको छ। महोत्सवमा स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने जनाइएको छ। 'दिगो शान्तिका लागि आर्थिक समृद्धि' भन्ने मूल नाराका साथ कैलाली उद्योग वाणिज्य सङ्घद्वारा हरेक वर्ष महोत्सव हुँदै आएको छ।

         विसं. 2063 देखि बर्सेनी गरिँदै आएको यो महोत्सवमा आयोजकले राज्यसँग 21 बुँदे माग राखेकामा अहिलेसम्म अप्टिकल फाइबर बिछयाउने, सुदूपश्चिम विश्वविद्यालय स्थापना, धनगढी विमानस्थललाई कालोपत्रे गर्ने लगायतका चार माग पूरा भए पनि अन्य माग पूरा हुन सकेका छैनन्। यस वर्षदेखि सुदूरपश्चिममा औद्योगिक करिडोर स्थापनाको पहल हुनुपर्ने मागसमेत थपिएको पत्रकारसम्मेलनमा जानकारी गराइयो।

          आयोजकले महोत्सव उद्घाटनमा प्रमुख अतिथिका रुपमा आमन्त्रित गर्ने अतिथिलाई राज्यसँग राखिएका मागका बुँदालाई आधार मानी, त्यति नै किलो तौलको माला पहिर्‍याई स्वागत गर्ने गरेको छ। पत्रकारसम्मेलनमा सङ्घका अध्यक्ष कर्ण कुँवरले महोत्सव सफल बनाउन सञ्चारकर्मीलगायत सबैको सक्रिय सहयोगको खाँचो औँल्याउनुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह