फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी क्षेत्रको विद्यालयमा आधारभूत सुधार

(GMT+08:00) 2013-12-05 18:40:59

          चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो चार तारिख पैचिङ्गमा राज्य परिषद स्थायी सदस्य सम्मेलनको अध्यक्षता गर्नुभयो। सम्मेलनले गरिबी क्षेत्रको अनिवार्य शिक्षा सम्बन्धी विद्यालयको आधारभूत अवस्थालाई सुधार गर्ने कार्यक्रम पारित गरेको छ।

         सम्मेलनले शिक्षालाई विकास गर्न गरिबीलाई घटाउने आधारभूत कार्यक्रम तय गर्दै उक्त कार्य नै जनतालाई आधारभूत जीवनस्तर दिने र शिक्षा तथा समाजको निष्पक्षलाई बढाउने व्यावहारिक कदम भएको उल्लेख गरेकोछ। यो कार्यले गरिबी क्षेत्रको विकासलाई सबल पार्ने र शहर र गाउँबीचको खाडल पुर्ने कदम भएको हुनाले त्यसले मुलुकको दीर्घकालीन विकासलाई सघाउ पुर्‍याउनेछ।

         सम्मेलनले मध्य पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण भेगलाई प्राथमिकतामा राखेको छ। राष्ट्रिय गरिबी निवारण क्षेत्र, जातीय क्षेत्र, सिमा क्षेत्र र पूर्वी क्षेत्रस्थित केही गरिबी क्षेत्र पनि सम्मेलनमा प्राथमिकतामा परेका छन्। सम्मेलनले केन्द्रीय सरकार र प्रान्तीय सरकारको शिक्षा सम्बन्धी बित्तीय ढाँचा परिवर्तन गर्ने निर्णय पनि गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह