फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र अमेरिकी उपराष्ट्रपति भेट-वार्ता

(GMT+08:00) 2013-12-05 18:43:56

        चीनका राष्ट्राध्यक्ष सी चिन फिंगले हिजो चार तारिख पैचिंगमा अमेरिकी उप राष्ट्रपति बाइडेनसँग भेट-वार्ता गर्नुभयो। सो अवसरमा चीन र अमेरिका बीचको सम्बन्ध र साझा चासो रहेको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे छलफल भएको छ। चीन र अमेरिकाले वार्ता जारी राख्दै सहयोगलाई सुदृद्ध बनाउने र नयाँ पद्धतिबाट ठूलो मुलुक बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने कुरामा दुबै नेता सहमत भएका छन्।

        राष्ट्राध्यक्ष सीले चालु वर्षमा आफूले राष्ट्रपति बाराक ओबामासँग दुइपटक वार्ता गरेको स्मरणा गराउँदै आगामी समयमा दुवै मुलुक बीचको सम्बन्धलाई अझै विकासित बनाउने इच्छा राखेको औँल्याउनुभयो। उहाँले चीन र अमेरिकाले उच्च स्तरीय आदान-प्रदानलाई बढाउन आवश्यक रहेको भन्दै दुवै मुलुक बीचको रणनीतिक तथा आर्थिक वार्तालाई पनि सवल पार्नुपर्नेमा जोड दिनुभयो। उहाँले दुवै मुलुकले आर्थिक तथा व्यापारिक सहयोगलाई समेत सुदृढ बनाउने बताउनुभयो।

        राष्ट्राध्यक्ष सीले थाइवान, तिब्बत सम्बन्धी समस्या र पूवी चीन सागर हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान जस्ता विषयमा चीनको अडानलाई पुनःपुष्टि गर्नुभयो।

        उप राष्ट्रपति बाइडेनले अमेरिका र चीन बीचको सम्बन्ध 21 औँ शताब्दीमा विश्वमा सबैभन्दा महत्वपूर्ण द्बिपक्षीय सम्बन्ध भएको व्यक्त गर्नुभयो। उहाँले आपसी समानता र विश्वासका आधारमा अमेरिकाले चीनसँग नयाँ किसिमको सम्बन्ध स्थापना गर्न खोजेको बताउनुभयो।

         वार्तामा दुवै नेताले कोरियाली प्रायद्बिपको तनाव, इरानको आणविक समस्या र सिरियाली द्वन्द्व जस्ता विषयमा पनि छलफल गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह