फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यूरोपमा क्षेप्यास्त्र प्रतिरोध प्रणाली आवश्यक नरहेको रुसी विदेश मन्त्रीको भनाइ

(GMT+08:00) 2013-12-05 18:44:32

        रुसी विदेश मन्त्री सर्गेइ लावरोभले नेटोलाई यूरोपमा क्षेप्यास्त्र प्रतिरोध प्रणाली तैनाथ गर्न आवश्यक नरहेको बताउनुभएको छ। इरान आणविक समस्यामा छ मुलुक र इरानबीचमा पहिलो चरणको सम्झौतामा हस्ताक्षर भएपछि अब अरु शैन गतिविधि आवश्यक नरहेको उहाँले बताउनु भएको हो।

         नेटो-रुस विदेशमन्त्रीस्तरीय सम्मेलन सम्पन्न भएपछि हिजो चार तारिख विदेश मन्त्री सर्गेइले इरान आणविक समस्यामा प्राप्त पहिलो चरणको सफलतालाई कार्यान्वयन गरी इरानको आणविक योजनालाई अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीले गम्भीर अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो।

         रुसी विदेश मन्त्री सर्गेइको सो भनाइप्रति नेटोले केही टिप्पणी गरेको छैन तर नेटोको एक जना अधिकारीले नेटोको क्षेप्यास्त्र प्रतिरोध प्रणालीले आणविक सशस्त्रको प्रतिरोध गर्ने नभई क्षेप्यास्त्रको प्रतिरोध गर्ने भएको बताएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह