फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र अमेरिकी उप राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2013-12-05 18:45:31

       चीनका प्रधानमन्त्री ली ख छ्याङले आज पैचिंगमा अमेरिकी उपराष्ट्रपति बाइडेनसँग भेट-वार्ता गर्नुभएको छ।

       प्रधानमन्त्री लीले चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रौं पूर्ण बैठकले चौतर्फी सुधारलाई महत्वपूर्ण निर्देश गरेको बताउनुभयो। चीनले सुधारलाई गहन पार्ने, खुलापनलाई विस्तार गर्ने अनि चीन र अमेरिका बीचको आर्थिक सहयोगलाई विस्तार गर्ने कुरामा प्रधानमन्त्री लीले जोड दिनुभयो।

         अमेरिकी उपराष्ट्रपति बाइडेनले चीनको विकास विश्वका लागि उदाहरणीय रहेको बताउँदै क्षेत्रीय स्थिरताका लागि पनि चिनियाँ प्रगति हितकर रहेको औंल्याउनुभयो। उहाँले अमेरिका चीनसँग आर्थिक तथा व्यापारिक सम्बन्धलाई दरिलो बनाउन प्रयासरत रहेको प्रष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह