फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डलद्वारा सिआरआईको भ्रमण

(GMT+08:00) 2013-12-05 18:46:08

       चिनियाँ कला तथा साहित्य महासंघको निमन्त्रणामा चीन भ्रमणमा आएको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डलले बिहीबार पैचिङ्गस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआइको भ्रमण गरेको छ। प्रतिष्ठानका कूलपति तीलबिक्रम नेम्बाङ बैरागी काइँलाको नेतृत्वमा रहेको छ सदस्सीय टोलीले सिआरआईका उपनिर्देशक स्या चि स्वेनसँग नेपाल चीन साहित्यिक आदान प्रदानबारे छलफल गरेको थियो।

      

         भेटका अवसरमा कुलपति नेम्बाङले नेपाल चीन सम्बन्धलाई प्रगाढ बनाउनका लागि सहित्य कला संस्कृतिको आदान प्रदान पनि महत्वपूर्ण माध्यम बन्नसक्ने औंल्याउँदै आगामी दिनमा सहयोगलाई निरन्तरता दिनका लागि केही समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो। चीनले आर्थिक प्रगतिसँगै साहित्य कलाको क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्दै गएको बताउँदै कुलपति नेम्बाड्ले नेपाली साहित्यलाई चिनियाँ र चिनियाँ साहित्यलाई नेपालीमा अनुवाद गरी बौद्धिक भण्डारलाई अझ विकास गर्न सकिने बताउनुभयो।

       भेटमा सिआरआईका उपनिर्देशक स्वेनले रेडियोका माध्यममाट सिआरआईले विश्वभरिका भाषा साहित्यलाई संरक्षण र चिनियाँ गतिविधि विश्वसमक्ष प्रसार गर्दै आएको जानकारी दिनुभयो। त्यसैगरी उहाँले चीन नेपाल सम्बन्धको नयाँ संभाव्यताबारे पनि चर्चा गर्नुभयो। सिआरआईको नेपाली भाषा विभागलाई समृद्ध बनाउनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने कुनै पनि सहयोगलाई स्वागत गर्ने पनि उहाँले बताउनुभयो।

       

       साहित्यकारको टोलीले सिआरआई नेपाली सेवामा कार्यरत चिनियाँ कर्मचारी तथा नेपाली विशेषज्ञसँग पनि आफ्नो भ्रमण उपलब्धी र योजनाबारे अनुभवहरु साटासाट गरेको थियो। सात दिने चीन भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डल गत तीन तारिख पैचिङ आइपुगको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह