फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी चीन सागरको वायु रक्षा पहिचान क्षेत्रलाई अमेरिकाले सम्मान गर्नुपर्ने चीनको भनाइ

(GMT+08:00) 2013-12-05 18:59:07

       चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता हुङ लेइले अमेरिकाले निष्पक्ष विचार लिँदै चीनले तोकेको पूर्वी चीन सागरको वायु रक्षा पहिचान क्षेत्रलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ।

      आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुङ लेइले उक्त कुरा बताउनुभएको हो। उहाँले अमेरिकी उप-राष्ट्रपति बाइडेनले चीनको भ्रमण गर्नुभएको अवधिमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ, प्रधानमन्त्री ली ख छ्याङ, उप-राष्ट्राध्यक्ष ली युआन छाउले उहाँसँग भेट गरी साझा रुचि रहेका महत्वपूर्ण विषयबारे वैचारिक आदान-प्रदान भएको पनि बताउनुभयो। दुई पक्षले वार्ता, आदान-प्रदान गर्दै सहयोग विस्तार गर्ने र चीन-अमेरिका नयाँ ठूला मुलुकबीचको सम्बन्ध सुधारमा जोड दिने सहमति भएको पनि उहाँले स्पष्ट पार्नुभयो।

        पूर्वी चीन सागरको वायु रक्षा पहिचान क्षेत्र तोकिएकोबारे प्रवक्ता हुङले यो कार्य अन्तर्राष्ट्रिय कानुन र प्रचलन अनुकूल रहेको भन्दै अमेरिकाले त्यसमाथि निष्पक्ष भएर सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह