फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यूक्रेनका राष्ट्रपतिद्वारा सी.आर.आई.को भ्रमण

(GMT+08:00) 2013-12-05 19:21:17

        चीनको राजकीय भ्रमणमा रहनुभएका यूक्रेनका राष्ट्रपति भिक्टोर फेडोरोभिच यानुकोभिचले 5 तारिख विहान सी.आर.आई.को अवलोकन भ्रमण गर्नुभएको छ। साथै सी.आर.आई.अनलाइनअन्तर्गत यूक्रेन इन्टरनेट रेडियो एवम् यूक्रेन वेवसाइट सञ्चालन भएको पाँचौं वार्षिकोत्सव समारोहमा उपस्थित हुनुभएको छ।

        समारोहअघि राष्ट्रपति यानुकोभिच र सी.आर.आई.का प्रमुख वाङ्ग कङ्ग न्यानबीच भेट-वार्ता भएको थियो।

        समारोहमा राष्ट्रपति यानुकोभिच र सी.आर.आई.का प्रमुख वाङ्ग कङ्ग न्यानले सी.आर.आई.अनलाइनअन्तर्गत यूक्रेन इन्टरनेट रेडियोको अवलोकन पनि गर्नुभयो। राष्ट्रपति यानुकोभिचले सम्बोधनमा सी.आर.आई.अनलाइनअन्तर्गत यूक्रेन इन्टरनेट रेडियोलाई शुभकामना दिँदै केही वर्षदेखि यूक्रेन र चीन बीचको सम्बन्ध तीब्र विकास भइरहेको र रणनीतिक साझेदारी सम्बन्धमा उच्च विकास भएको बताउनुभयो। यूक्रेन र चीन दुई मुलुकले राजनीति, व्यापर, लगानी र मानव तथा संस्कृतिक आदि क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गरेको पनि उहाँले प्रष्ट्याउनुभयो।

        सी आर आईका प्रमुख वाङ्गले राष्ट्रपति यानुकोभिच सी.आर.आई स्थापित भएको 72औँ वर्षकोत्सवका अवसरमा भ्रमण गर्नुभएकोमा स्वागत्त गर्दै राष्ट्रपति यानुकोभिच र यूक्रेनका विभिन्न क्षेत्रको समार्थनमा सी.आर.आईको यूक्रेन भाषाको कार्यक्रमले चीन र यूक्रेन बीचको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन सहयोग गरेको बताउनुभयो।

         सन् 2008 देखि सी.आर.आई.अनलाइनअन्तर्गत यूक्रेन वेवसाइट सञ्चालनमा आएको हो र हाल चीनमा यो एउटा मात्रै यूक्रेन भाषाको सञ्चार माध्यम हो।

        सी.आर.आई.अनलाइनले 65 वटा विदेशी भाषामार्फत विश्वभरी प्रसारण गर्दैआएको छ र यो विश्वको सबैभन्दा बढी भाषामार्फत प्रसारण गर्ने वेवसाइट माध्यम स्थापित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह