फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्बारा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति मण्डेलाको निधनप्रति शोकसन्देश

(GMT+08:00) 2013-12-06 11:52:22

       चीनका राष्ट्राध्यक्ष सी चिन फिंगले आज दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको दुखद निधनमा शोकसन्देश पठाउनुभएको थियो। राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मण्डेलाको निधनमा गहिरो दुख र सम्वेदना व्यक्त गर्नुभएको छ।

        राष्ट्राध्यक्ष सीले शोकसन्देशमा मण्डेला विश्वका प्रसिद्ध राजनीतिज्ञ भएको उल्लेख गर्दै नयाँ दक्षिण अफ्रिकाको जन्म र विकासका लागि उहाँले ऐतिहासिक योगदान दिनुभएको बताउनु भएको छ।

         राष्ट्राध्यक्ष सीले मण्डेलाले चीन र दक्षिण अफ्रिकाबीचको सम्बन्ध विकासमा ठूलो योगदान दिनुभएको पनि आफ्नो शोकसन्देशमा स्मरण गर्नु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह