फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र चीनले संयुक्त सफा ऊर्जा अर्थतन्त्रको निर्माण गर्ने

(GMT+08:00) 2013-12-06 17:54:49

       अमेरिकी वातावरण संरक्षण एजेन्सीका प्रमुख गिना मेककार्थीले आगामी नौदेखि बाह्र तारिखसम्म चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी वातावरण संरक्षण एजेन्सीले हिजो पाँच तारिख एक वक्तव्य प्रकाशित गरी विश्वका ठूला दुई आर्थिक समूह, ऊर्जा खपत मुलुक र कार्बन निष्काशन मुलुकको रुपमा रहेका अमेरिका र चीनले आपसी सहयोग मार्फत सफा ऊर्जा अर्थतन्त्रको निर्माण गर्नुपर्ने उल्लेख गरेको छ।

       सो वक्तव्यमा, जलवायु परिवर्तनको समस्या दुवै देशमा साझा चुनौती रहेको उल्लेख गर्दै स्वस्थ र सुरक्षित पृथ्वीका लागि अमेरका र चीनले तीस वर्षभन्दा बढी समयको आपसी सहयोगका आधारमा सफा ऊर्जा अर्थतन्त्रको निर्माण बन्नपर्ने बताइएको छ।

         वक्तव्यका अनुसार, चालु वर्ष अमेरिकाले कम कार्बन निष्काशन अर्थतन्त्रको निर्माण गर्नका लागि अनेकौँ कदम चालेको छ र चीनले परम्परागत वायु प्रदूषणलाई कम पार्ने र आर्थिक विकाससँगै जलवायु परिवर्तनको सामना गर्ने कदम पनि चालेको छ।

        मेककार्थीले चीन भ्रमणका क्रममा चीनसँग वायु गुणस्तर, जलवायु प्रदूषण र अरु वातावरण समस्यासम्बन्धी सहयोग गर्नेबारे छलफल गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह