फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दश वर्षमा तिब्बतको राजमार्गको दुरी दोब्बर

(GMT+08:00) 2013-12-06 18:27:07

        तिब्बत स्वायत्त प्रदेश यातायात तथा ढूवानी विभागका अनुसार सन् 2002 देखि 2012 सम्मको दश वर्षमा तिब्बती राजमार्ग निर्माण दोब्बर भएको छ। सन् 2002 सम्म तिब्बतमा राजमार्गको दुरी 35 हजार 5 सय 83 किलोमिटर थियो भने सन् 2012 मा तिब्बती राजमार्गको दुरी 65 हजार 1 सय 76 किलोमिटर पुगेको छ। पछिल्लो एक दसकमा तिब्बतमा 39 हजार 1 सय 57 किलोमिटरको राजमार्ग निर्माण भएको छ।

       तिब्बत यातायात तथा ढूवानी विभागका प्रमुख चा सी च्याङ्ग छ्वोले दश वर्षमा तिब्बती यातायात र ढूवानी कार्य तिब्र विकास भएको बताउनुभयो। सन् 2002 देखि गत वर्षको अन्तसम्ममा पटक पटक गरी 53 अर्ब 38 करोड 80 लाख चिनियाँ युआन लगानी लगाएको उहाँले जनकारी दिनुभयो। मुख्य मार्ग र शहरी मार्गको निर्माण बाहेक तिब्बती ग्रामीण क्षेत्रमा समेत राजमार्ग निर्माणमा बृद्धि भएको बताउँदै तिब्बतको ग्रामीण क्षेत्रमा सन् 2002 को 24 हजार 4 सय 9 किलोमिटर राजगमार्गलाई 118.13 % ले बृद्धि गरिएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह