फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी चीन सागरमा वायु रक्षा पहिचान क्षेत्र घोषणाबारे मुम्बाइका लागि चिनियाँ महा-वाणिज्य दूतको भनाइ

(GMT+08:00) 2013-12-06 18:28:03

       हाल भारतको गेटवेइ हाउसको निमन्त्रणामा मुम्बइका लागि चीनका महा-वाणिज्य दूत लिउ यउ फाले "बीस मुलुक समूह"को छैठौँ प्रतिवेदन सम्मेलनमा भाग लिनुभयो।

        स्थानीय पत्रकारसँग कुराकानी गर्दै महा-वाणिज्य दूत लिउले चीन सरकारले पूर्वी चीन सागरमा वायु रक्षा पहिचान क्षेत्र तोक्नु "संयुक्त राष्ट्र संघ वडा-पत्र"लगायत अन्तर्राष्ट्रिय कानुन र प्रचलन अनुकूल रहेको बताउनुभयो। उहाँले सो कार्यले राष्ट्रिय सार्वभौमिकता, भूमि तथा हवाइ क्षेत्रको सुरक्षा, हवाइ उडान व्यवस्थाको संरक्षण गर्ने चीनको लक्ष्य रहेको उल्लेख गर्नुभयो। पूर्वी चीन सागरमा वायु रक्षा पहिचान क्षेत्रमा विदेशी उडान कार्यक्रममा कुनै पनि प्रभाव नपर्ने पनि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार, केही मुलुकले वायु रक्षा पहिचान क्षेत्र स्थापना गरी विस्तार गर्नुका साथै चीनमाथि गरिएका नकारात्मक टिप्पणीले क्षेत्रीय शान्ति र स्थिरतालाई सहयोग नपुग्ने बताउनुभयो।

        बीस मुलुक समूहको भूमिका र स्थानबारे चर्चा गर्दै उहाँले विश्व आर्थिक व्यवस्थापन कार्यमा समूहको भूमिका अझै महत्वपूर्ण भएको प्रष्ट पार्नुभयो। उहाँको विचारमा दुईवटा उदीयमान मुलुकको रुपमा रहेका चीन र भारतले विश्व आर्थिक व्यवस्थापनमा बीस मुलुक समूहको भूमिकालाई अरु बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह