फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सल्यान जिल्लामा धान उत्पादनमा बृद्धि

(GMT+08:00) 2013-12-07 18:40:26

       समयमै पानी परेपछि यसवर्ष सल्यानमा धान उत्पादन बढेको छ । जिल्ला कृषि कायालयका अनुसार यसवर्ष 10 प्रतिशतले धान उत्पादन बढेको हो। यस वर्ष करिब 7 हजार हेक्टर क्षेत्रमा धान लगाइएको थियो।

        क्षेत्रफल र उत्पादन बढेकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। चाहिने समयमा पानी परेकाले प्रतिहेक्टर 20 देखि 24 क्विन्टलसम्म धान फलेको जिल्ला कृषि कार्यालय सल्यानका प्राविधिक सहायक इश्वरी नारायण घर्तिले बताउनुभयो। उहाँका अनुसार कतिपय स्थानमा आकाशे पानीको भरमा बस्नु पर्ने भएपनि समयमै पानी पर्दा उत्पादन राम्रो भएको हो।

        जिल्लाका मर्मपरिकाँडा, वनगाड जिउला, गरी जिउला, रशेम जिउला, काल्चै, काप्रेचौरलगायत शारदा नदीको काँट आसपास धानको पकेट क्षेत्र मानिन्छ। यी क्षेत्रमा सिचाइको आशिंक सुविधा रहेको छ। सिचाई सुविधा नभएको ठाउमा पनि बिउ राख्ने र रोप्ने समयमा पानी परेकाले धान उत्पादन बढेको प्राविधिक सहायक घर्तीको भनाइ छ। पानी, विउ र मलको समयमै व्यवस्था राम्रा भएकाले धान उत्पादन बढेको हो।

        काप्रेचौरमा निमार्णाधिन सिचाइ कुलो सम्पन्न भएमा धान उत्पादनमा अझै बृद्धि हुने अनुमान गरिएको छ। यो वर्ष धान रोपेपछि अत्यधिक पानी पर्नाले शारदा नदी मर्म खोलाले धेरै खेती योग्य जमिन कटान गरेको भएपनि धान उत्पादन राम्रो भएको हो।

         शारदा नदी, मर्मखोलाले धेरै रोपेको धान नष्ट नगरेको भए धान उत्पादनमा 20 प्रतिशतसम्म वृद्धि हुने घर्तीको अनुमान रहेको छ। जिल्ला कृषि कार्यालयका अनुसार 2 सय हेक्टरमा लगाइएको धान लगायतका बालीमा क्षति पुर्‍याएको कारोबार अनलाइनले उल्लेख गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह