फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल विश्व सामुदायिक रेडियो प्यासेफिक क्षेत्रको उपाध्यक्ष

(GMT+08:00) 2013-12-07 18:40:55

        सामुदायिक रेडियो विश्व सङ्गठन एसिया प्रान्त क्षेत्रीय समितिको उपाध्यक्षमा नेपालका तर्फवाट मीनबहादुर शाही निर्वाचित हुनुभएको छ। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालका पूर्व अध्यक्ष समेत रहनु भएका शाही चार बर्षका लागि सामुदायिक रेडियो विश्व सङ्गठन एसिया प्रान्त क्षेत्रीय समितिको उपाध्यक्षमा चयन हुनुभएको हो। सामुदायिक रेडियो विश्व सङ्गठनमा हालसम्म नेपालले पाएको यो सबै भन्दा ठूलो पद हो।

         शाहीले खसेको कुल मत 86 मध्ये 84 मत प्रप्त गरी बिजय हुनु भएको हो। डिसेम्बर 2 देखि 5 सम्म दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न भएको उक्त विश्व सामुदायिक रेडियो प्रसारण सङ्घ प्यासेफिक क्षेत्रको तेस्रो सम्मेलनमा नेपाल लगायत 30 राष्ट्रका एक सयभन्दा बढी रेडियो कर्मीहरुको सहभागिता रहेको थियो। यसैगरी संगठनको अध्यक्षमा फिलिपिन्सकी माईका लेगमेन, कोषाध्यक्षमा जापानकी जुनिची हिभिन, उपक्षेत्रीय उपाध्यक्षमा क्रमश ईन्डोनेशियाका ईमाम पराको, कोरियाका हाना बियोङ्ग, भारतका रामनाथ भाट चयन हुनुभएको छ।

          सम्मेलनले सो क्षेत्रका सरकारहरुले राज्यको कानुन, योजना र कार्यक्रममा सामुदायिक रेडियोलाई साझेदारीका रूपमा समावेश गर्ने अनुरोध सहितको सउल घोषणापत्र समेत पारित गरेको नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य तथा सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाँईले जानकारी दिनुभयो। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालले यसलाई नेपाली सामुदायिक रेडियोहरुको महत्वपूर्ण उपलब्धिको रूपमा लिएको चापागाईको भनाई थियो। सो सम्मेलनमा भाग लिएर 22 नेपाली पत्रकारको टोली हिजो शुक्रवार नेपाल फर्केको अनलाइन खबरले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह