फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको प्रयासमा विश्व शहर दिवस स्थापना

(GMT+08:00) 2013-12-07 18:43:10

       हिजो छ तारिख आर्थिक विषयसम्बन्धी संयुक्त राष्ट्र संघीय महासभाको दोस्रो समितिको बैठक सम्पन्न भएको छ। सो बैठकले मानव जातिको बसोबास विषयसम्बन्धी निर्णय-पत्र पारित गरेको छ। तीमध्ये आगामी वर्षदेखि हरेक अक्टोबर एकतीस तारिखलाई विश्व शहर दिवसको रुपमा मनाइने निर्णय पनि भएको छ। संयुक्त राष्ट्र संघमा चीनद्वारा अन्तर्राष्ट्रिय दिवस स्थापना गराइएको यो पहिलो पटक हो। यस कार्यले संयुक्त राष्ट्र संघका पूर्ण सदस्यको समर्थन पनि पाएको छ।

         सन् 2010 मा चीनको शाङहाइ विश्व एक्स्पोले पहिलो पटक मानव जातिको शहरीया जीवनलाई मुख्य विषय मानेर "अझै राम्रो शहर, अझै राम्रो जीवन"नारा तय गरेको थियो। सन् 2010 को अक्टोबर एकतीस तारिख शाङ हाइ एक्स्पो सम्पन्न भएको उपलक्ष्यमा संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरो र शाङ हाइ एक्स्पो आयोजक समितिले संयुक्त रुपमा "शाङ हाइ घोषणा-पत्र" सार्वजनिक गरी हरेक अक्टोबर एकतीस तासिख विश्व शहर दिवस मनाउने प्रस्ताव गरेका थिए। त्यसपछिको तीन वर्षदेखि चीन सरकार र सम्बन्धित विभिन्न पक्षको संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको पूर्ण महासभा, संयुक्त राष्ट्र संघीय आवास परिषद र संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषदले एकपछि अर्को गरी "विश्व शहर दिवस" मनाउने प्रस्ताव प्रस्तुत गरेका थिए। हिजो सम्पन्न बैठकमा यस बारेमा औपचारिक निर्णय भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह