फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मण्डेलाको अन्त्येष्टि आगामी पन्ध्र तारिक

(GMT+08:00) 2013-12-07 18:43:57

         दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमाले हिजो छ तारिख दक्षिण अफ्रिकी सरकारले आगामी पन्ध्र तारिखमा पूर्व-राष्ट्रपति नेल्शन मण्डेलको अन्त्येष्टि गर्ने घोषणा गर्नुभयो।

         राष्ट्रपति जुमाका अनुसार, मण्डेला परिवारसँग सल्लाह गरी मण्डेलाकै जन्मथलो केपटाउनको कुनुमा उहाँको अन्त्येष्टि गरिने छ। अन्त्येष्टि गरिनुअघि दक्षिण अफ्रिकाभरी एक हप्तासम्मको शोक कार्यक्रम आयोजना गरिनेछ। शोक कार्यक्रम अनुसार आठ तारिख राष्ट्रिय प्रार्थना र प्रतिबिम्ब दिवस, दश तारिख जोहनसबर्गमा सरकारी स्मृति सभा र एघारदेखि तेह्र तारिखसम्म मण्डेलाको शवलाई राजधानी प्रेटोरियामा श्रद्धाञ्जलीका लागि राखिनेछ।

         मण्डेलाले राष्ट्रिय मुक्ति आन्दोलनमा आफ्नो जीवन नै समर्पण गर्नु भएको र सत्ताइस वर्षसम्म जेल जीवन भोग्नु भएको थियो। सन् 1994 मा उहाँ दक्षिण अफ्रिकामा पहिलो अश्वेत राष्ट्रपति हुनुभएको थियो । उहाँलाई नयाँ दक्षिण अफ्रियकाका राष्ट्रियपिता पनि मानिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह