फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राज्य परिषदका सदस्य याङ च्ये छ ब्रिक्स मुलुक सुरक्षा मामिला उच्च स्तरिय प्रतिनिधिको चौथो सम्मेलनमा

(GMT+08:00) 2013-12-07 18:44:37

       ब्रिक्स मुलुक सुरक्षा मामिला उच्चस्तरिय प्रतिनिधिको चौथो सम्मेलन हिजो छ तारिख दक्षिण अफ्रिकाको राजधानीमा शुरु भएको छ। चीनका राज्य परिषदका सदस्य याङ च्ये छ ले सो सम्मेलनमा चीनको प्रतिनिधित्व गरिरहनु भएको छ। सम्मेलनमा दक्षिण अफ्रिका, ब्राजिल, रुस र भारतका सम्बन्धीत उच्च स्तरिय अधिकारी सहभागी छन्। सम्मेलनमा सहभागीहरुले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, प्रतिआतंकबाद, इन्टरनेटमा सूचनाको सुरक्षा, यातायातको सुरक्षा लगायत सिरिया, अफगानिस्तान, इरानको आणविक समस्या र अफ्रिकी समस्यामा छलफल गरेका छन्।

       सम्मेलन शुरु हुनु अघि दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्शन मण्डेलाको विधनप्रति शोक मनाउन मौनधारण गरिएको थियो।

        चिनियाँ राज्य परिषदका सदस्य याङले विश्वमा जटिल परिवर्तन देखिएको र सुरक्षा समस्या नयाँ चुनौतका रुपमा देखिएको बताउनुभयो। उहाँले नयाँ परिस्थितिमा ब्रिक्स मुलुकले सहयोगलाई सुदृढ पार्नु पर्नेमा विशेष जोड दिनुभयो। सम्मेलनमा एशियामा आपसी सहयोग तथा विश्वास सम्बन्धी चौथो शिखर सम्मेलन आगामी वर्षको मे महिनामा चीनको शाङहाइमा आयोजना हुने पनि चिनियाँ नेता याङले जानकारी गराउनुभयो। उहाँले एशिया क्षेत्रको सुरक्षा र साझा समृद्धिका लागि सम्बन्धित मुलुकसँग सहकार्य गर्न चीन तयार रहेको औँल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह