फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मण्डेलाको निधनप्रति संयुक्त राष्ट्र संघद्बारा आधा झण्डा झुकाइयो

(GMT+08:00) 2013-12-07 18:45:10

        दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्शन मण्डेलाको निधनमा संयुक्त राष्ट्र संघले हिजो आधा झण्डा झुकाएको छ।

       हिजो छ तारिख विहान आयोजित संयुक्त राष्ट्र संघको 68 औं महासभाको पूर्ण बैठकअघि मण्डेलाको निधनमा शोक मनाउन मौनधारण गरेको थियो। महासभाका अध्यक्ष जोह्न विलियम अश र संयुक्त राष्ट्र संघका उप महासचिव जान एलिसाओनले मण्डेलको स्मृतिमा विशेषसम्बोधन गर्नुभएको थियो।

         संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले पाँच तारिखमै मण्डेलको निधनप्रति शोक सन्देश दिनुभएको थियो। पाँच तारिख दिउँसो जारीरहेको महासभालाई स्थगित गरी मण्डेलाको निधनप्रति एक मिनेटको मौनधारण गरिएको थियो। संयुक्त राष्ट्र संघले एउटा वक्तव्य प्रकाशित गर्दै मण्डेलाको निधनप्रति गहिरो दुख र शोक व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह