फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जोर्डन सुरक्षा परिषदको अस्थायी सदस्य

(GMT+08:00) 2013-12-07 19:04:18

        संयुक्त राष्ट्र संघको महासभाले जोर्डनलाई सन् 2014-2015का लागि सुरक्षा परिषदको अस्थायी सदस्य नियुक्त गरेको छ। हिजो छ तारिखको बैठकले सो निर्णय गरेको हो। यसअघि निर्वाचित भएर पनि अस्वीकार गरेको साउदी अरबको सट्टामा जोर्डनलाई सदस्य बनाइएको हो।

        गत अक्टोबर सत्र तारिख संयुक्त राष्ट्र संघको 68औँ महासभाले साउदी अरबलगायत पाँच मुलुकलाई सुरक्षा परिषदको अस्थायी सदस्य नियुक्त गरेको थियो। निर्वाचित भएको भोलिपल्टै साउदी अरबले अन्तर्राष्ट्रिय भिडन्तमा सुरक्षा परिषदले सक्रिय भूमिका निर्वाह नगरेको भन्दै सुरक्षा परिषदको अस्थाइ सदस्य अस्वीकार गरेको थियो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा निर्वाचित भएर पनि अस्वीकार गरिएको त्यो पहिलो घटना थियो। सुरक्षा परिषदका अस्थाइ सदस्यको कार्यावधि आगामी जनवरी एक तारिखदेखि दुई वर्षसम्मको रहनेछ।

        त्यसपछि साउदी अरबको सट्टामा कुन मुलुकलाई सो स्थानमा चयन गर्ने भन्ने विषयले धेरैको ध्यान तानेको थियो। त्यससम्बन्धी हिजो भएको मतदानमा संयुक्त राष्ट्र संघको 68औँ महासभाको पूर्ण बैठकमा सहभागी 193 सदस्य मुलुकमध्ये 185 मुलुकले भाग लिएका थिए। 178 मत प्राप्त गरी जोर्डन तेस्रो पटक सुरक्षा परिषदको अस्थायी सदस्य बनेको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह