फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकप तयारीको योजना बनाउन राखेपद्वारा कार्यदल गठन

(GMT+08:00) 2013-12-07 19:06:31

       राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ट्वान्टी-20 विश्वकप क्रिकेटको तयारी तथा पूर्वाधार विकासका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ।

        राखेपका खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेको संयोजकत्वमा गठित कार्यदलमा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, क्यानका सदस्य संजिव पाण्डे, प्रशिक्षक जगत टमाटा र राखेप निर्माण शाखाका विश्वमित्र संज्याल सदस्य रहनु भएको छ। कार्यदललाई ट्वान्टी-20 विश्वकप र एकदिवसीय विश्वकप छनोटको तयारीका लागि पूर्वाधार र प्रशिक्षण लगायतका विषयका लागि लागत समेतको कार्ययोजना बनाउन भनिएको छ। कार्यदललाई एक साताभित्र कार्ययोजना पेश गर्न भनिएको राखेपले जनाएको छ।

        बैठकले त्रिभुवन विश्वविद्यालय क्रिकेट कीर्तिपुर, मुलपानी मैदान, पोखरा, भैरहवा र वीरगञ्ज मैदानको स्तर उन्नती लगायतका गर्नुपर्ने कार्ययोजना सहितको स्थलगत अध्ययन गरी एकमहिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

         राखेपले नेपाल क्रिकेट संघलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले तोके वमोजिम अवधीभित्र संघको आर्थिक विवरण पेश नगरेको कारण करिब 84 लाख जरीवाना गरेको सम्बन्धमा 7 दिनभित्र यथार्थ विवरण पेश गर्ने निर्देशन पनि दिएको अनलाइनले खबरले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह