फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा माथिल्लो त्रिशूली 3 ए को निर्माण कार्य पुन सुरु

(GMT+08:00) 2013-12-08 18:02:15

        चीन सरकारको सहुलियत ऋण सहयोग स्वरुप एक्जिम बैंकको 10 अर्ब 6 करोड रुपैयाँमा आयोजना निर्माण गरिन लागेको माथिल्लो त्रिशूली 3-ए जलविद्युत् आयोजनाको निर्माण कार्य पुन सुरु भएको छ। विवादित 60 मेगावाटको माथिल्लो त्रिशूली 3-ए जलविद्युत् आयोजनाको निर्माण कार्य चार महिनादेखि बन्द भएको थियो।

        आयोजना 60 मेगाबाट क्षमताबाट 90 मेगावाट बनाउने विषयलाई लिएर विवादित भएको थियो। विवादपछि चिनियाँ ठेकेदार कम्पनी गेजुवाले असार मसान्तदेखि आयोजनाको सुरुङ निर्माण कार्य बन्द गरी कामदार स्वदेश फर्काएको थियो। गेजुवाले पुनः 60 मेगावाटमै सम्पूर्ण निर्माण कार्य गर्ने सहमत भएपछि काममा फर्केको आयोजनाले जनाएको छ। ठेकेदारले 60 मेगावाट क्षमतामै बनाउनुपर्ने र 90 को लागि कुनै लिखित पत्र नदिएको कारण निर्माणमा फर्केको आयोजनाले जनाएको छ। 30 मेगावाट क्षमता बढाउनुपर्ने विषय उठाएपछि ठेकेदार कम्पनी गेजुवा विवादमा तानिएको थियो। आयोजना निर्माणमा ठेकेदारले 15 सय मिटर सुरुङ र बाँधस्थलमा 3 वटा पानी जाने च्यानल गेट 90 मेगावाटकै संरचना निर्माण गरेको छ। बाँकी 4 सय मिटर सुरुङ भने 60 मेगावाट क्षमताको बनाएको छ। ठेकेदार काममा फर्केको आयोजना प्रमुख उत्तम अमात्यले बताउनुभयो। काम छिटो थाल्न ठेकेदारले निर्माण सामग्रीको एलसीसमेत खोलिसकेको उहाँले बताउनुभयो। चिनियाँ कामदारहरू केही भिसाको पर्खाइमा रहेका छन्। भिसा बाँकी रहेका केही कामदार आयोजनामा काम गरिरहेको आयोजनाले जनाएको छ।

          आयोजनाको 35 प्रतिशत काम सकिएको कामु आयोजना प्रमुख अमात्यले बताउनुभयो। पहिले ठेकेदार र आयोजनाबीच भएको सम्झौताअनुसार साढे चार महिना मात्रै गेजुवाको काम गर्ने अवधि छ।

          आयोजनाबाट उत्पादित विद्युतको प्रतियुनिट मूल्य दुई रुपैयाँ 42 पैसा रहेको छ। आयोजनाको सुपरिवेक्षण चिनियाँ परामर्श दातृ संस्था नर्थ वेस्ट हाइड्रो कन्सल्टिङ इन्जिनियरिङले गरिहेको छ। सुरुङ चार हजार 95 मिटरमा 19 सय मिटर निर्माण भइसकेको आयोजनाले जनाएको छ। यो आयोजनाको सबै भाग भूमिगत रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह