फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानकै कारण पूर्वी चीन सागरमा द्वन्द्व बढेको चिनियाँ राष्ट्रिय जन कंग्रेसको भनाइ

(GMT+08:00) 2013-12-08 18:36:39

       चीनद्वारा लागू गरिएको पूर्वी चीन सागर हवाइ क्षेत्रको प्रतिरक्षा पहिचानलाई जापानको तल्लो सदनले हटाउन माग पारित गरेको छ। जापानको त्यस्तो निर्णयप्रति चिनियाँ राष्ट्रिय जन कंग्रेसले हिजो सात तारिख एउटा वक्तव्य प्रकाशित गरी कडा प्रतिवाद गरेको छ।

        सो वक्तव्यमा चीनले लागू गरेको पूर्वी चीन सागर हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुकूल गरेको उल्लेख छ। त्या यु टापू तथा अधीनमा पर्ने टापूहरु इतिहासदेखि नै चीनको भूभाग रहेको र चीनले ती क्षेत्रलाई आफ्नो निर्विवाद सार्वभौमिक अधिकारको क्षेत्र मानेको वक्तव्यमा उल्लेख गरिएको छ। जापानले चीनको भूभाग त्या यु टापूलाई आफ्नो देशको भूभागजस्तो मानेर हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान लाधेकाले चीनले जापानको सो कदमको कडा विरोध गरेको थियो।

         सो वक्तव्यमा पूर्वी चीन सागरमा द्वन्द्व चर्कँदै गएको मुख्य कारण जापान रहेको बताइएको छ। चीन र जापान बीचको सम्बन्धलाई सुधार गर्न र पूर्वी चीन सागर क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न जापानले उत्तेजक कारवाही स्थतिग गर्नुपर्ने चीनले वक्तव्यमा स्पष्ट पारेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह