फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाद्बारा नयाँ हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान सार्वजनिक

(GMT+08:00) 2013-12-08 18:37:20

          दक्षिण कोरियाको रक्षा मन्त्रालयले आज दिउँसो आफ्नो देशको हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान सम्बन्धी नीति सार्वजनिक गरेको छ। नयाँ हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान यही डिसेम्बर पन्ध्र तारिखदेखि लागू हुने बताइएको छ।

         दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार, नयाँ नीतिबारे सम्बन्धित मुलुकलाई जानकारी गराइएको छ। नयाँ हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान अन्तर्राष्ट्रिय कानुन अनुकूल रहेको र छिमेकी मुलुकको प्रादेशिक हवाइ क्षेत्रलाई उल्लंघन नगरेको दक्षिण कोरियाले स्पष्ट पारेको छ।

          गत छ तारिखमा दक्षिण कोरियाका राष्ट्रपति पार्क जेउन ह्येले अमेरिकी उप राष्ट्रपति जोसेफ बाइडेनसँगको भेट-वार्तामा दक्षिण कोरियाले आफ्नो देशले हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान विस्तार गर्ने अडान प्रस्तुत गर्नुभएको थियो।

          चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता होङ लैले गत छ तारिखमै हवाइ क्षेत्रको प्रतिरक्षा पहिचान र प्रादेशिक हवाइ क्षेत्र फरक फरक रहेको भन्दै आपसी सम्मानको आधारमा चीनले दक्षिण कोरियासँग मैत्री आदान-प्रदान गर्ने बताउनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह