फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रक्षामन्त्री अफ्गानिस्तानमा

(GMT+08:00) 2013-12-08 18:38:06

       अमेरिकी रक्षामन्त्री चुक हागेल हिजो सात तारिख आकस्मिक रुपमा अफ्गानिस्तानको काबुल पुग्नु भएको छ। अफ्गानिस्तानी राष्ट्रपति हमिद कार्जाइसँग भेट गर्ने योजना र निमन्त्रणा बिना नै हागेल अफ्गानिस्तान पुग्नु भएको हो।

        अफ्गानिस्तान सरकारले द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेकाले अमेरिका र अफ्गानिस्तानबीचको सम्बन्ध तनावपूर्ण भएको छ। अफ्गानिस्तानले अस्वीकार गरेको सो सम्झौतामा सन् 2014 मा अफ्गानिस्तानमा नेटो सैनिक फर्किएपनि बाह्र हजार अमेरिकी सैनिकलाई अफ्गानिस्तानमै निरन्तर रहन पाउने अमेरिकाले प्रस्ताव गरेको छ।

        यसअघि अफ्गानिस्तानी राष्ट्रपति भवनले कर्जाइ र हागेलबीच वार्ता हुने सम्भावना रहने उल्लेख गरेको थियो। तर पछि उहाँले त्यसबारे अस्वीकार गर्नुभएको छ।

         हागेलले आफू राष्ट्रपति कार्जाइसँग भेट गर्न नभई त्यहाँ रहेका अमेरिकी सेना निरीक्षण गर्नका लागि अफ्गानिस्तान पुगेको बताउनु भएको छ। भ्रमणको अन्तमा उहाँले अफ्गानिस्तानी रक्षामन्त्री बिस मिलाहसँग भेट गरी वार्ता गर्नुभयो। वार्तापछि अफ्गानिस्तानले अमेरिकासँग समयमै द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बचन आफूलाई अफ्गानिस्तानी रक्षामन्त्रीले दिएको हागेलले बताउनुभयो।

         अफ्गानिस्तानी सार्वभौमिकताका लागि विदेशी समर्थन आवश्यक रहेको र अफ्गानिस्तानबाट नेटो र अमेरिकी सबै सेना फिर्ता गएमा अफ्गानिस्तानमा आन्तरिक युद्ध फैलिने हुनाले कार्जाइले उक्त सम्झौतामा हस्ताक्षर गर्नुपर्ने जनमत अफ्गानिस्तानमा बढ्न थालेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह