फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनको नवौँ मन्त्रीस्तरीय सम्मेलन सम्पन्न

(GMT+08:00) 2013-12-08 18:45:28

         विश्व व्यापार संगठनको नवौँ मन्त्रीस्तरीय सम्मेलन हिजो सात तारिख इन्डोनेशियाको बाली टापुमा सम्पन्न भएको छ। सम्मेलनले बाली मन्त्रीस्तरीय घोषणा-पत्र जारी गर्दै महत्वपूर्ण निर्णयहरु पनि पारित गरेको छ। सम्मेलनमा बाह्र वर्षसम्म दोहा वार्ताको ऐतिहासिक विकास हासिल भएको जनाइएको छ।

        संगठनको दैनिक कार्य, दोहा विकास कार्यसूचिको प्रगति र भविष्यको आँकलन गरी तीन विषय उक्त घोषणा-पत्रमा समावेश छन्। विश्व व्यापार संगठनका महानिर्देशक रोबर्टो आजेभेडोले बाली मन्त्रीस्तरीय सम्मेलन दोहा विकास कार्यसूचि सम्पन्न गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो।

         विश्व व्यापार संगठनको नवौँ मन्त्रीस्तरीय सम्मेलन गत तीन तारिख सुरु भएको थियो। सम्मेलन गत छ तारिख नै सम्पन्न हुनुपर्ने पूर्व योजना भए पनि विभिन्न पक्षबीचका मतभेदलाई सहमतिमा ल्याउनका लागि एक सम्मेलन एक दिन लम्बिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह