फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मण्डेलालाई श्रद्धाञ्जली दिन आजदेखि तीन दिन नेपालको झण्डा झुकाइने

(GMT+08:00) 2013-12-08 18:55:21

        नेपाल सरकारले रङ्भेदबिरुद्धको आन्दोलनका अग्रणी नेता एवं दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको यही मङ्सिर 25 गते दक्षिण अफ्रिाकामा हुने श्रद्धान्जली सभामा परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेलाई पठाउने भएको छ।

         मन्त्रिपरिषद्को हिजो साँझ बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री घिमिरेको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो।

         यसैगरी मन्त्रिपरिषद्ले स्वर्गीय मण्डेलाको निधनमा शोक मनाउन आज 8 तारिख आइतबारदेखि 10 तारिख मंगलबारसम्म तीन दिन सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ।

         नेपाल सरकारले स्वतन्त्रता, समानता तथा लोकतन्त्रका अथक योद्धा, शान्ति, न्याय र साहसका प्रतीक मण्डेलाको निधनमा शोक व्यक्त गर्दै स्वर्गीय मण्डेलाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको छ। पूर्व राष्ट्रपति मण्डेलाको गत बिहीबार राति निधन भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह