फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ संकल्पना विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

(GMT+08:00) 2013-12-09 17:41:53

           "चिनियाँ संकल्पनासम्बन्धी विश्व वार्ता"विषयक चिनियाँ संकल्पना सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी 8 तारिख शाङ्गहाइ शहरमा सम्पन्न भएको छ। गोष्ठीमा उपस्थिति चिनियाँ तथा विदेशी विशेषज्ञहरुले मतभेद त्यागेर सहमति खोज्ने आधारमा यो वार्ताको निरन्तरता हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

             दुई दिने गोष्ठी चिनियाँ राज्य परिषद्अन्तर्गत प्रेस कार्यालयद्बारा आयोजित भएको हो। चीन, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रुस, भारतलगायत बीस मुलुकका लगभग एक सयजना विद्बान तथा विशेषज्ञहरुले चिनियाँ संकल्पना तथा चीनको बाटो, चिनियाँ संकल्पना तथा विश्वको समृद्धि, चिनियाँ संकल्पना तथा शान्तिपूर्ण विकास लगायत तीन विषयबारे महत्वपूर्ण छलफल गरेका छन्।

            इन्डोनेसिया, इजिप्ट, मेक्सिको आदि मुलुकका विशेषज्ञले चिनियाँ संकल्पना तथा शान्तिपूर्ण विकासबारे आआफ्नो मन्तव्य प्रकट गरेका छन्। अरु विकासोन्मुख मुलुकले आफ्नो लक्ष्य तथा संकल्पनाको अझ बढी विचार गर्न चिनियाँ संकल्पनाको प्रस्तुतीले नयाँ नमूना दिएको पनि उनीहरु व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह