फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौं कन्फ्युसियस विद्यालय सम्मेलन पैचिङ्गमा सम्पन्न

(GMT+08:00) 2013-12-09 17:42:30

          8 तारिखका दिन आठौं कन्फ्युसियस विद्यालय सम्मेलन पैचिङ्गमा सम्पन्न भएको छ।"इतिहासको पूनरावलोकन गर्दै भविष्यको अपेक्षा"भन्ने मुख्य नाराका साथ आठौं कन्फ्युसियस विद्यालय सम्मेलनले विश्वव्यापी रुपमा कन्फ्युसियस विद्यालयका बराबर दुई हजार अतिथिलाई स्वागत गरेको छ।

            चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिअन्तर्गत राजनैतिक व्यूरोका सदस्य एवम् उपप्रधानमन्त्री लिउ यान तुङ्गले उद्धाटन समारोहमा सम्बोधन गर्दै कन्फ्युसियस विद्यालयको विकास तथा इतिहासको पूनरावलोकन गर्नुभएको छ। उहाँका अनुसार, छैनबाट छसम्म, सानोबाट ठूलोसम्म विश्वमा कन्फ्युसियस विद्यालयको परिधि र गुणस्तर लगातार बढ्दै गएको देखिन्छ। विभिन्न मुलुकका जनताले चिनियाँ भाषा सिक्ने आकांक्षालाई पूरा गर्ने र चिनियाँ तथा विदेशी जनताबीचको सम्झना तथा मित्रतालाई प्रवर्द्धन गर्नेमा कन्फ्युसियस विद्यालयले सक्रिय योगदान गरेको छ।

           कन्फ्युसियस विद्यालयको प्रभावमा विश्वव्यापी रुपमा चिनियाँ भाषा सिक्ने लहर विकसित हुँदैआएको छ। सन् 2012 मात्र, बेलायत, स्विडेन, आयरल्याण्ड लगायत सात मुलुकले नियममार्फत चिनियाँ भाषा सिक्ने विषयलाई राष्ट्रिय शिक्षा प्रणालीमा समेटेका छन्। जसबाट शिक्षा प्रणालीमा चिनियाँ भाषा सिक्ने विषय भएका मुलुकको संख्या चालीसभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह