फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूरपश्चिम महोत्सवको आठौं संस्करण धनगढीमा जारी

(GMT+08:00) 2013-12-09 17:43:14

         सुदूरपश्चिम महोत्सवको आठौं संस्करण शनिबारदेखि धनगढीमा सुरु भएको छ। स्थानीयका जनताले वार्षिक पर्वझैं प्रतीक्षा गरेको महोत्सव पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गर्दै आफ्नो पार्टीको आगामी कार्यभार मुलुकको आर्थिक समुन्नति भएको र त्यसमा सुदूरपश्चिमलाई पहिलो ग्राह्यता दिइने बताउनुभयो।

           सुदूरपश्चिम महोत्सव सुरु गर्दा 8 वर्षअघि नेता देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले यस क्षेत्रका 21 वटा साझा माग राख्दै 21 किलो तौलको माला पहिर्‍याएको थियो । 8 वर्षको अवधिमा 3 वटा माग मात्र पूरा भएका छन्। देउवाले यसपटक 18 किलोको मालाले स्वागत पाउनुभयो। संघ अध्यक्ष कर्ण कुँवरले उहाँलाई माला पहिर्‍याउँदै अर्को वर्ष हलुका मालाले स्वागत गर्न पाउने आशा पनि व्यक्त गर्नुभयो।

         सुदूरपश्चिमको समग्र विकासका मुद्दालाई सम्बोधन गर्न सरकारलाई दबाब दिँदै संघले प्रतीकात्मक आन्दोलन सुरु गरेको हो । प्रत्येक वर्ष राष्ट्र, सरकार, निजी क्षेत्र वा दलका प्रमुख नेताहरूलाई यस्तो माला पहि¥याए पनि सुदूरपश्चिमका महत्वपूर्ण माग अझै पूरा भएका छैनन्।

           संघले 8 वर्षयता प्रत्येक मंसिर 22 देखि 10 दिनसम्म महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवमा 8 लाख दर्शक भित्र्याउने र 15 करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको जोशीले बताउनुभयो। महोत्सवमा करिब 3 सय स्टल राखिएका छन्।

           लामो समयदेखिका माग पूरा हुने छाँट नदेखिएपछि सरकारले सुदूरपश्चिमका जनताको भद्र र सालिन आन्दोलनको गरिमा आत्मसात् गर्न नसकेको टिप्पणी यहाँको नागरिक समाज र निजी क्षेत्रले गरेको छ। अभावको सुदूरपश्चिम भन्ने छविचित्र बनाएर बसेको केन्द्रलाई सम्भावनाको सुदूरपश्चिम हो भनेर परिचय दिलाउने प्रमुख उद्देश्यका साथ संघको नेतृत्वमा महोत्सवका साथै विभिन्न अभियान भइरहेका छन्।

         महोत्सवमा सुदूरपश्चिमको संस्कृति र खनापान झल्काउने स्टल राखिएका छन्। यस्तै परम्परागत सामानमा प्रविधि सुधार गरी तिनको प्रदर्शनी पनि गरिएको छ। हस्तकला, संस्कृति, घरेलु उत्पादनका स्टल पनि महोत्सवमा राखिएका छन्।

    'दिगो शान्तिका लागि आर्थिक समृद्धि' भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव उद्घाटनअघि विद्यार्थी, व्यवसायी, कलाकार, नागरिक समाज, धार्मिक संस्था, खेलाडी सम्मिलित -यालीले बाजागाजासहित बजार परिक्रमा गरेको थियो।

         महोत्सवमा राष्ट्रका ख्यातिप्राप्त कलाकारहरूले दैनिक मनोरञ्जन गराउनुका साथै सुदूरपश्चिमका कला–संस्कृतिको प्रस्तुति र यहाँका परम्परागत पक्वान्नहरूको स्वाद दर्शकहरूलाई पस्किइनेछ।

           उद्घाटन समारोहमा सुदूरपश्चिमका सबै जातजाति र समुदायका परम्परागत झाँकी र आधुनिक प्रविधि तथा यस क्षेत्रका सांस्कृतिक वैभवहरूको प्रदर्शनी गरिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह