फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजी क्षेत्रको एयरलाइन्स गोमा एयरद्वारा सफल परिक्षण उडान

(GMT+08:00) 2013-12-09 17:43:46

          निजी क्षेत्रको एयरलाइन्स गोमा एयरले ल्याउन लागेको 'एल410 यूभीपी-इ20' जहाजले सफल परिक्षण उडान गरेको छ। चेक गणतन्त्रमा निर्मित जहाजलाई परिक्षणका लागि शनिबार काठमाडौं-पोखरा-जोमसोम रुटमा उडाइएको थियो। नेपालको सबैभन्दा चुनौतीपूर्ण हवाई रुटमध्येको एक पोखरा-जोमसोमा पनि नयाँ जहाजले सफल उडान गरेको गोमा एयर प्रालिका प्रबन्ध निर्देशक मनोज कार्कीले बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि क्याप्टेन दीपक लामाको रोहवरमा जहाजको परिक्षण उडान गरिएको थियो। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गोमाले 19 सिट क्षमताका डबल इञ्जिनयूक्त दुई नयाँ जहाज ल्याउन लागेको बतायो। चार दशकयता कुनै नेपाली विमान कम्पनीले नेपालमा छोटा धावनमार्गमा सेवा सञ्चालन गर्न नयाँ हवाइजहाज ल्याउन लागेको यो पहिलो अवसर भएको कम्पनीले बताएको छ। 'यो हाम्रो कम्पनी र नेपाली उड्डयन क्षेत्रका लागि नयाँ अध्याय हो, सेवा सुरु गरेको तीन वर्षभित्रै डबल इन्जिनका नयाँ जहाज भित्राउन पाउँदा खुसी लागेको छ' एयरका प्रबन्ध निर्देशक कार्कीले भन्नुभयो- 'हामीले यस्ता दूई जहाज ल्याउन लागेका छौं, नयाँ जहाजहरु फेवुअरीमा एउटा र त्यसको 6 महिनापछि अर्को जहाज नेपाली आकाशमा उड्नेछन।' नयाँ जहाजबाट छोटा धावनमार्गमा सहज रुपमा सेवा सञ्चालन गर्न मिल्ने दाबि गरिएको छ। एयरक्राफ्ट निर्माता कम्पनी लेट एयरक्राफ्ट इन्डष्ट्रिजका कमर्सियल डाइरेक्टर मिरोस्लाभ कोजिसेले नेपाली आकासमा कम्पनीको यो पहिलो जहाज भएको बताउनुभयो। जहाजमा सुरक्षित हवाइ सेवाक लागि नविनतम उपकरण र सुरक्षासम्बन्धी उपकरणहरु जडान गरिएको बताउँदै उहाँले उड्डयनसम्बन्धी अन्तराष्ट्रिय निकायहरु तथा नेपाल उड्डयन प्राधिकरणका सुरक्षासम्बन्धी सबे मापदण्ड पुरा गरेको बताउनुभयो। गोमा एयरले हाल मध्य तथा सुदूपश्चिममा सिंगल इन्जिनका 2 वटा सेस्ना काराभान जहाजद्धारा कार्गो सेवा सञ्चालन गरिरहेको छ। नयाँ जहाज काठमाडौं र पोखरलाई वेस बनाई सञ्चालन गरिने कम्पनीले जनाएको छ। काठमाडौंबाट पूर्वी क्षेत्र र पोखराबाट पश्चिमी क्षेत्र कभर हुनेछ। यूरोपियन एभियसन सेफ्टी एजेन्सीद्धारा प्रमाणिज जहाज भएका कम्पनीका जहाजहरु विश्वका 50 भन्दा बढी मुलुकमा सञ्चालनमा रहेको बताइएको छ। कम्पनीका अनुसार अहिले 3 सय 50 भन्दा वढी विमानले विश्वका आकाशमा उडान भरिरहेका अनलाईन खबरले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह