फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत नोभेम्बरमा चीनको वैदेशिक व्यापार बृद्धि दर 9.3प्रतिशतले बढेको

(GMT+08:00) 2013-12-09 17:47:17

         गत महिना अर्थात् नोभेम्बरमा चीनको आयात-निर्यात व्यापार निरन्तर रुपमा तीव्र गतिले बढेको छ। चीनको भन्सार मूख्यालयले हिजो आठ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत नोभेम्बरमा चीनको आयात-निर्यातको कूल रकम तीन खर्ब सत्तरी अर्ब एकसट्ठी अमेरिकी डलर पुगेको छ। यसमध्ये निर्यात रकम दुई खर्ब दुई अर्ब एकाईस करोड अमेरिकी डलर बराबर रहेको छ। सो रकमले चालू वर्षको प्रतिमहिनाको निर्यात मात्राको सन्दर्भमा पहिलो पटक दुई खर्ब अमेरिकी डलरभन्दा बढी रकमको रेकर्ड सिर्जना गरेको छ।

           विशेषज्ञका अनुसार, सारा विश्वको अर्थतन्त्र स्थिर प्रवृत्तिमा विकसित भइरहेको,अमेरिका तथा युरोप क्षेत्रमा क्रिस्मसको मुख्य उपभोग्य अवधिमा प्रवेश गरेको तथा चीनको स्थिर निर्यात-आयात सम्बन्धी कदम तथा नीति आदि धेरै कारक-तत्वको कारण गत नोभेम्बरमा निर्यात-आयात रकममा तीव्र बृद्धि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह