फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिंगापुरको भारतीय जातीय समूदाय आवास क्षेत्रमा हुलदंगा

(GMT+08:00) 2013-12-09 17:47:43

        सिंगापुरमा अवस्थित भारतीय जातीय समूदाय आवास क्षेत्रमा हिजो आठ तारिख राति हुलदंगा भएको छ। यस घटनामा प्रहरीका गाडीहरू र बिरामी बोक्ने गाडी एम्बुलेन्समाथि आगो लगाइएको छ भने कयौं प्रहरी घाइते भएका छन्।

         सिंगापुर प्रहरीका अनुसार, एक 33 वर्षीय भारतीयको यस जातिय समूदाय आवास क्षेत्रमा एक निजी गाडीसँग ठोक्किएर मृत्यु भएपछि लगभग चार सय विदेशी श्रमिकले उक्त हुलदंगा मच्चाएको हो। हाल उक्त हुलदंगामा परी घाइते भएका दश प्रहरीमध्येका सात जना र निजी गाडी चालकको अस्पतालमा ‌औषधोपचार भइरहेको छ। साथै हुलदंगामा संलग्न 27 जना संदिग्ध व्यक्ति प्रकाउ गरिएका छन् भने तिनीहरू कुन देशका हुन् भन्ने खुलाइएको छैन।

         सिंगापुरका प्रधानमन्त्री ली ह्सिएन लूङ्गले आज विहान सबेरै सञ्चार माध्यममार्फत सिंगापुरका नागरिकलाई संयम रहन अनुरोध गर्नुका साथै प्रहरी समक्ष सम्बन्धित सूचना,फोटो वा भिडियो पेश गर्न पनि आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह