फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कन्फ्युसियस कक्षाका विद्यार्थीको संख्या आठ लाख पचास हजारभन्दा बढी

(GMT+08:00) 2013-12-09 18:59:45

           आठौं कन्फ्युसियस विद्यालय सम्मेलन डिसेम्बर आठ तारिख पैचिङ्गमा सम्पन्न भएको छ। सन्2004 मा विश्वमै पहिलो कन्फ्युसियस विद्यालय स्थापना भएदेखि हालसम्ममा सारा विश्वका 120 मुलुक तथा क्षेत्रले आ-आफ्ना विश्वविद्यालयमा चार सयभन्दा बढी कन्फ्युसियस कक्षा स्थापना गर्नुका साथै छ सयभन्दा बढी माध्यामिक विद्यालय र प्राथमिक विद्यालयमा कन्फ्युसियस कक्षाको बन्दोबस्त गरेका छन्। सारा विश्वमा जम्मा आठ लाख पचास हजार विद्यार्थीसहित कन्फ्युसियस कक्षा चीन र संसारका सँस्कृतिबीचको मितेरी पुल बनेको छ।

       "इतिहासको पूनरावलोकन गर्दै भविष्यको अपेक्षा"भन्ने मुख्य नाराका साथ आठौं कन्फ्युसियस विद्यालय सम्मेलनले विश्वका 110 भन्दा बढी मुलुकका चार सयभन्दा बढी कन्फ्युसियस विद्यालय बराबर दुई हजार अतिथिलाई स्वागत गरेको छ। यस सम्मेलनमा चिनियाँ उप प्रधानमन्त्री ल्यु यान तुङ्गले कन्फ्युसियस विद्यालय अभियान परिमाणमुखी हुँदै विकसित हुनसक्ने अपेक्षा गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयो: छैनबाट छसम्म, सानोबाट ठूलोसम्म विश्वमा कन्फ्युसियस विद्यालयको परिधि र गुणस्तर लगातार बढ्दै गएको देखिन्छ। विभिन्न मुलुकका जनताले चिनियाँ भाषा सिक्ने आकांक्षालाई पूरा गर्ने र चिनियाँ तथा विदेशी जनताबीचको सम्झना तथा मित्रतालाई प्रवर्द्धन गर्नेमा कन्फ्युसियस विद्यालयले सक्रिय योगदान गरेको छ।

          चिनियाँ भाषा तथा चिनियाँ संस्कृतिको प्रचार प्रसार गर्ने एक संस्थाको रुपमा कन्फ्युसियस विद्यालय सामाजिक हितकल्याणकारी संस्था हो। यस संस्थाको सबैभन्दा महत्वपूर्ण काम विश्वका विभिन्न स्थलका चिनियाँ भाषा सिक्नेहरुका लागि व्यवस्थित, आधिकारिक पाठक र सबैभन्दा उचित पाठन प्रणाली प्रदान गर्नु हो।

            कन्फ्युसियस विद्यालयको प्रभावमा सारा विश्वमा "हट् चिनियाँ भाषा" लगातर रुपमा लोकप्रिय बन्दै गएको छ। सन्2012मा बेलायत, स्वाजिल्यान्ड, आयरल्यान्ड, सर्बिया आदि सात मुलुकले चिनियाँ भाषा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीमा समावेश गरेका थिए।

            28 वर्षकी पोल्यान्डकी विद्यार्थी नि यु लीन चीनको ची लीन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान विभागमा अध्ययन गरिरहेकी छिन्। पोल्यान्डमा कन्फ्युसियस विद्यालयको विकासबारेमा चर्चा गर्दै उनले यसरी भन्छिन्: हाल चीन तीब्र गतिमा विकसित भइरहेको छ। झन झन बढी पोल्यान्डका जनताले चीनको संस्कृति र अर्थतन्त्रबारे जानकारी लिने अवसर पाएका छन्। कमै संख्यामा भएपनि चीन सम्बन्धी जानकारी पाउने माग पनि पोल्याण्डमा ठूलै देखिन्छ।

            यस दुई दिने सम्मेलनमा दुई हजारभन्दा बढी अतिथिले शिक्षा सम्बन्धी अनुभवबारे बैचारिक आदानप्रदान गर्नुका सागै भावी योजनामा विचार-विमर्श गरेका छन्। अमेरिकाको पेस विश्वविद्यालय एउटा प्रसिद्ध नीजि शैक्षिक संस्था हो। यस विश्वविद्यालयका अध्यक्ष स्टेफेन फ्रीडम्यानले कन्फ्यूसियस विद्यालयलाई आफ्नो शिक्षा प्रणालीमा राखेको बताउनुभएको छ। उहाँले भन्नुभयो: हाम्रो कन्फ्यूसियस विद्यालयले स्थानीय आवास क्षेत्रमा प्रवेश गरी श्रृंखलाबद्ध बैठक र कार्यक्रमको आयोजना गर्ने गरेको छ। हालसम्म जम्मा दश हजारभन्दा बढीले हाम्रा यी कार्यक्रममा भाग लिएका छन्।

               चिनियाँ भाषा सम्बन्धी शिक्षाबाहेक कन्फ्यूसियस विद्यालयले चित्र रचना, कुङ्ग फू, थाइ ची जस्तै चिनियाँ संस्कृति सम्बन्धी जानकारी मूलक कक्षा पनि प्रदान गर्दछ। जाम्बीया विश्वविद्यालयका अध्यक्ष स्टेफेन सिमुकान्गाले कन्फ्यूसियस विद्यालय विश्वका विभिन्न मुलुकका जनताबीचको एकबद्धता र आदानप्रदानको एक पुल भएको विचार व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो: अफ्रिकामा स्थापित कन्फ्यूसियस विद्यालय तीब्र गतिले विकसित भइरहेको छ भने यसको भविष्य एकदमै उज्ज्यालो र फराकिलो छ। कन्फ्यूसियस विद्यालयले चीन र अफ्रिकाबीचको मित्रता तथा सहयोगलाई प्रवर्द्धन गर्ने कुरामा महत्वपूर्ण प्रभाव पारेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह