फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्काको सुरक्षा संवेदनशीलतालाई वेवास्ता गर्दै क्षेत्रीय स्थिरतामा आँच आउने हिसावले उक्साहट गरेको भन्दै चीनद्वारा आलोचना

(GMT+08:00) 2013-12-09 19:01:02

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले केही मुलुकले अर्काको सुरक्षा संवेदनशीलतालाई वेवास्ता गर्दै क्षेत्रीय स्थिरतामा आँच आउने हिसावले उक्साहट गरेको भन्दै आलोचना गर्नुभएको छ। 9 तारिख पैचिङ्गमा बोल्दै उहाँले चीनले यस्ता गतिविधिको दृढताका साथ प्रतिवाद गर्ने पनि बताउनुभएको छ।

           प्राप्त जानकारीअनुसार, जापानी रक्षा मन्त्री ओनोदेरा इत्सुनोरी र फिलिन्पिन्सका रक्षा मन्त्री भोल्टारे गाच्मिनले 7 तारिखका दिन भेट-वार्ता गर्नुभएको थियो। यदि चीनले दक्षिणी चीन समुद्रमा हवाइक्षेत्र प्रतिरक्षा पहिचान निश्चित गरेमा क्षेत्रीय तनावपूर्ण परिस्थित बनाउने कुरा उहाँहरुले गर्नुभएको थियो।

           यस विषयबारे चीनले राष्ट्रिय सुरक्षाको रक्षा गर्ने अठोट दृढताका साथ गर्दै कुनै पनि मुलुकले आफ्नो दृष्टिकोणको मूल्याङ्कन गर्नु जरुरी नरहेको पनि प्रवक्ता हुङ्गले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह