फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याग्दीको भुरुङ तातोपानी कुण्डमा विदेशी पर्यटकको ओइरो

(GMT+08:00) 2013-12-10 17:50:24

            नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुका लागि म्याग्दीको भुरुङ तातोपानी कुण्ड प्राकृतीक उपचार स्थल मात्र नभएर भरपुर मनोरञ्जन प्राप्त गर्ने थलो पनि बनेको छ।

             अन्नपूर्ण पदमार्गको थोराङपास भएर मुस्ताङ हुदै म्याग्दी आउने तथा कास्कीको नयाँपुल र म्याग्दीको घोरेपानी हुँदै मुस्ताङ जाने विदेशी पर्यटकहरुका लागि भुरुङ तातोपानी थकाईलाई विर्साउने प्रकृतिप्रदत्त मनोरञ्जनस्थल बनेको हो।

           कालीगण्डकी नदीको किनारमा अवस्थित तातोपानीकुण्डमा डुवुल्कि मार्दाको क्षणमा पदयात्राको थकाई बिर्सने गरेको पर्यटकहरू बताउँछन्। 1 हप्ता देखि 21 दिनसम्मको पदयात्रा सकेर थकित वनेका विदेशी पर्यटकहरु तातोपानी आएर 2 दिनसम्म वस्ने गर्दछन्। तातोपानी कुण्डमा डुव्दा निकै आनन्द आउने गरेको तातोपानीकुण्डमा डुवेकी एक जर्मन नागरिक क्रियटनी व्युथा वताउँछिन्।

           तातोपानीमा डुवेपछि शरीर दुखेको, सर्के मर्केको, हात खुट्टामा चोटपटक लागेको, वाथ, गानो, गोला तथा ग्याष्टिक जस्ता रोगहरु निको हुने गर्दछन्। कुण्डमा दैनिक 8o देखि 2 सय जना विदेशी पर्यटकहरु आउने गरेको कर्मचारी टेकवहादुर पाइजाले वताउनुभयो।

           रोगपनि निको हुने र आनन्द पनि पाईने दोहोरो फाइदा भएकाले भुरुङ तातोपानीमा पर्यटकको आकर्षण बढेको पदप्रर्दशक राजु शेर्पाले बताउनुभयो। तातोपानीको डिलमा बसेर पोखरीमा खुट्टा डुबाउँदै गरेका जर्मन पर्यटक फेवोर्ट डाग्सले भन्नुभयो –यहाँको आनन्द वेग्लै किसिमको हुदोरहेछ, रोग पनि निको हुने, मनोरञ्जन पनि पाईने।'

         जमीन भित्रबाट 5o डिग्री सेल्सीयस भन्दा बढी तातो पानी निस्कने मुललाई ब्यवस्थित गरेर 2 वटा पोखरी बनाइएका छन्। आन्तरीक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै पोखरी निर्माण गरिएको हो।

           एक पटक पोखरीमा नुहाए वापत विदेशीले प्रतिव्यक्ती 5o र नेपालीले 2o रुपैया तिर्नुपर्छ। तातोपानीबाट संकलीत नगद स्थानीय सर्वोदय मावि सञ्चालनका लागि खर्च हुने गरेको कुण्ड ब्यवस्थापन समितिलाई उधृत गर्दै सेतोपाटी अनलाईनले खबर लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह