फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अलैंचीको मूल्य बढेपछि धनकुटाका किसानहरु दंग

(GMT+08:00) 2013-12-10 17:52:16

          अलैंचीको उत्पादन घटिरहेका बेला निरास धनकुटाका कृषकहरुले मुल्य बढेपछि भने केही राहत महसुस गरेका छन्। विभिन्न रोग लागेर हरेक बर्ष अलैची उत्पादन घटेपनि आम्दानीमा घाटा नभएको कृषकहरुले बताएका छन्।

          गत वर्ष 18 मन अलैची विक्री गरेर करिब 8 लाख कमाउनुभएका भीरगाउँ गाविस–1 धनकुटाका चन्द्रलाल तामाङले यसवर्ष 14 मन विक्री गरेर 9 लाख आम्दानी गरेको बताउनु भयो। गत वर्ष भन्दा अलैचीको मुल्य बढेकाले उत्पादन घटेपनि आम्दानी बढेको तामाङले बताउनुभयो।

          मुल्य बढेपछि हिलेबजारमा आएका ब्यापारीहरुले कृषकको घरमै गएर अलैची खरीद गर्न थालेका छन्। बजारमा ल्याउँदा खरिद गर्न नपाइने भएकाले घरमा नै खरिद गर्न थालेको अलैची ब्यापारी वानाहाङ ट्रेडर्स हिलेका तेजबहादुर राईले बताउनुभयो।

           गत वर्ष प्रतिमन 40 देखि 45 हजार रुपैयाँसम्म विक्री गरेका कृषकहरुले यस वर्ष 65 हजार रुपैयाँले विक्री गरिरहेका छन्। कृषकको घरमा अलैची सकिदै गएकाले अलैचीको मुल्य बढ्नसक्ने अलैची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्रबहादुर तितुङ्गले बताउनुभयो।

             अलैची संकलन केन्द्र हिलेमा दैनिक 50 मनको हाराहारीमा अलैची संकलन हुँदै आएको छ। धनकुटाको हिलेबजारमा धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम र खोटाङ जिल्लाको अलैची संकलन हुने गरेको छ। धनकुटा जिल्लामा करीब एक सय हेक्टरमा अलैची खेती हुदै आएको जिल्ला कृषि विकास कार्यालय धनकुटालाई उधृत गर्दै अनलाइन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह