फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

91 मुलुकका नेतागण नेल्शन मण्डेलाको श्रद्धाञ्जली समारोहमा सहभागी हुने

(GMT+08:00) 2013-12-10 17:53:57

         दक्षिण अफ्रिकी सरकारले हिजो नौ तारिखका दिन जनाए अनुसार, हिजो मध्यान्हसम्म 91 मुलुकका नेताहरुले जोनेसबर्गमा आयोजना हुन लागेको स्वर्गीय पूर्व-राष्ट्रपति नेल्शन मण्डेलाको श्रद्धाञ्जली समारोहमा सहभागी हुने सुनिश्चित गरेको छ।

           दक्षिण अफ्रिकी सरकारले जनाएअनुसार, डिसेम्बर दश तारिखका दिन जोनेसबर्गस्थित खेलमैदानमा उक्त श्रद्धाञ्जली समारोहको आयोजना गर्ने छ। साथै सर्वसाधारणका लागि श्रद्धाञ्जली अर्पण गर्न एघारदेखि तेह्र तारिखसम्म मण्डेलाको शव प्रेटोरियाको संघीय भवनमा राखिने छ। चौध तारिख मण्डेलाको शवलाई उनको जन्मथलोमा लैजाने र पन्ध्र तारिख अन्त्येष्टि गर्ने बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह