फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी मानवरहित हवाइ आक्रमणप्रति पाकिस्तानको असन्तोष

(GMT+08:00) 2013-12-10 17:55:15

           पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजधानी इस्लामावादमा अमेरिकी रक्षा मन्त्री चुक हगेलसँग भेट-वार्ता गर्दै अमेरिकी मानवरहित विमानले जातीय क्षेत्रमा निरन्तर हवाइ आक्रमण गरेको विषयबारे ध्यानाकर्षण गराउनुभएको छ।

           डिसेम्बर 9 तारिखका दिन पाकिस्तानको विदेश मन्त्रालयद्बारा प्रकाशित वक्तव्य अनुसार, मानवरहित हवाइ आक्रमणले आतंकवाद र उग्रवादविरुद्धको प्रहारभन्दा पनि त्यसको उल्टो नकारात्मक प्रभाव पार्ने कुरामा प्रधानमन्त्री शरिफले व्यक्त गर्नुभएको छ। साथै उहाँले रक्षा मन्त्री हगेलसँग क्षेत्रीय शान्ति तथा स्थिरताका लागि दुई मुलुकबीचको रणनैतिक साझेदारी सम्बन्धको महत्वपूर्ण अर्थ रहेको पनि दोहोर्‍याउनुभएको छ।

         भेटवार्ताका क्रममा उहाँहरुले अफगानिस्तानको परिस्थितिबारे पनि छलफल गर्नुभएको छ। अफ्गानिस्तानको शान्ति प्रक्रियामा पाकिस्तानको प्रयासबारे प्रधानमन्त्री शरिफले संभावित अवसर बारे पनि औंल्याउनुभएको छ।

           अमेरिकी मानवरहित विमानद्वारा गरिएका हवाइ आक्रमणको विरोध गर्न गत महिनाको 23 तारिखदेखि पाकिस्तानी प्रदर्शनकारीहरुले अफ्गानिस्तानमा तैनाथ नेटो सेनाका लागि उत्तर-पश्चिमी पाकिस्तानमा मुख्य आपूर्ति मार्ग बन्द गरेका छन्। नेटो सेनाको 70 प्रतिशतको आपूर्ति पाकिस्तानबाट अफ्गानिस्तानमा पुर्‍याउने गरेको जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह