फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक श्रमिक हुलदङ्गाबारे छानबीनका लागि समिति गठन गर्न सिङ्गापुरका प्रधानमन्त्रीको निर्देशन

(GMT+08:00) 2013-12-10 17:55:57

       डिसेम्बर 8 तारिख राति भएको वैदेशिक श्रमिक हुलदङ्गाबारे छानबीन गर्नका लागि सिङ्गापुरका प्रधानमन्त्री ली ह्सिएन लूङ्गले सम्बन्धित मन्त्रालयलाई उच्चस्तरीय छानबीन समिति गठन गर्न निर्देशन दिनुभएको छ।

      9 तारिखका दिन उहाँले आन्तरिक मामिला मन्त्रालयलाई जाँचबुझ समितिको गठन गर्न निर्देशन दिनुभएको हो। उक्त समितिले घटनाको कारण र कानुन कार्यान्वन अधिकृतको सामना उपायबारे जाँचबुझ गर्ने प्रधानमन्त्री लीले जानकारी दिनुभयो।

       सिङ्गापूरमा 54 लाख जनसंख्यामध्ये दश लाख त विदेशी श्रमिकहरु रहेका छन्। यिनीहरुमध्ये भारत, बंग्लादेश, पाकिस्तान र चीन लगायतका देशबाट त्यहाँ काम गर्न गएका हुन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह