फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा अस्थायी बासिन्दाको आधारभूत स्वास्थ्य सेवा सम्बन्धी समावेशी परिक्षणात्मक कार्य सुरु

(GMT+08:00) 2013-12-10 17:58:44

            चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समितिबाट प्राप्त जानकारी अनुसार यस साता अस्थायी जनसंख्या अर्थात् एक ठाउँबाट अर्को ठाउँसम्म बसाइ सर्ने जनताका लागि स्वास्थ्य तथा परिवार नियोजनको आधारभूत सार्वजनिक सेवा सम्बन्धी समावेशी परिक्षणात्मक कार्य सुरु भएको छ। चीनको 20प्रतिशत अस्थायी बासिन्दा यस सेवाबाट लाभान्वित हुन सक्नेछन्।

           हाल चीनमा अस्थायी जनसंख्या लगातार रुपमा बढ्दै गएको देखिन्छ। सन् 2012को अन्तमा अस्थायी जनसंख्या तेईस करोड असी लाख पुगेको थियो। ती जनतामध्ये 75 प्रतिशत ग्रामीण क्षेत्रबाट शहरतर्फ बसाइँ सरेका हुन्। यस ठूलो परिधिको जनता आवत-जावतले अर्थतन्त्रलाई प्रवर्द्धन र जनसंख्याको बनौटलाई परिवर्तन गर्दै सरकारको सार्वजनिक सेवा र सामाजिक व्यवस्थापनमा ठूलो दबाव र चुनौती पनि खडा गरेको छ। राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समितिअन्तर्गत अस्थायी जनसंख्या सेवा तथा व्यवस्थापन विभागका प्रमुख वाङ्ग छ्येनले हाल चीनको अस्थायी नागरिकले पाएको आधारभूत सार्वजनिक स्वास्थ्य सेवा र स्थानीय बासिन्दा बीचमा केही अन्तर रहेको कुरा व्यक्त गर्नुभएको छ। उहाँले अगाडी भन्नुभयो: समष्टिगत दृष्टिकोणबाट हेर्दा अस्थायी जनताले उपभोग गरिरहेको आधारभूत सावजनिक स्वास्थ्य सेवा स्थायी बासिन्दाको भन्दा कम्जोर छ। केही अस्थायी रुपमा रहेका जनताले आफ्नो सार्वजनिक स्वास्थ्य सेवाको उपभोग अधिकारलाई जोड दिएका छैनन्। किनभने एक नयाँ ठाउँमा पुगी समस्त अस्थायी नागरिकले सर्वप्रथम त रोजगार,आवास जस्ता कुरामा नै ध्यान दिनुपर्ने बाध्यता हुन्छ।

          प्रमुख वाङ्गले जानकारी दिनुभएअनुसार अस्थायी जनताको आधारभूत सार्वजनिक स्वास्थ्य सेवा अपेक्षाकृत कम्जोर हुनुका अन्य दुई कारण रहेका छन्। एक भनेको वर्तमान चीनमा अस्थायी वासिन्दालाई सम्बन्धित सेवा प्रदान गर्ने क्षमता कम्जोर छ।अर्को भनेको सेवाका लागि प्रयोग गर्न सकिने रकम कम छ।

           भर्खरै सुरु भएको यस अस्थायी जनसँख्याको आधारभूत स्वास्थ्य सेवा सम्बन्धी समावेशी परिक्षणात्मक कार्यबारे जानकारी दिँदै प्रमुख वाङ्गले यसरी भन्नुभयो: हामीले सारा देशमा अस्थायी बासिन्दा बढी भएका चालिस शहर तथा क्षेत्र छान्नेर उक्त परिक्षात्मक कार्य गर्दछौं। यी चालिस शहरमा अस्थायी जनसंख्या पूरै अस्थायी जनसंख्याको 25 प्रतिशत ओगटेको छ।

           यो परिक्षात्मक कार्य सन्2010मा चलाइएको अस्थायी वासिन्दा परिवार नियोजन सम्बन्धी आधारभूत सार्वजनिक स्वास्थ्य सेवाको समावेशी परिक्षणात्मक कार्यको आधारमा गरिएको हो। पहिलेभन्दा यस चरणको कार्यमा अस्थायी वासिन्दाको स्वास्थ्य रेकर्डको स्थापना, अस्थायी बालबालिकाको भ्याक्सिन कार्यलाई सबल पार्नु आदि सात नयाँ विषय समावेश छन्। यसबारे प्रमुख वाङ्गले अगाडि भन्नुभयो: स्वास्थ्य सम्बन्धी आधारभूत सार्वजनिक सेवामा एघार ठूला किसिमका 43 विषय समावेश छन्। आधारभूत सार्वजनिक सेवाप्रति अस्थायी वासिन्दाका आ-आफ्ना माग फरक फरक छन्। त्यसैले यस परीक्षात्मक कार्यमा सर्वसाधारणले सबैभन्दा ठूलो चासो देखाएको विषयलाई पहिलो चरणको कदमका रुपमा गरिने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह