फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइल्याण्डको आम-निर्वाचन सुचारु रुपमा हुने चीनको आशा

(GMT+08:00) 2013-12-10 17:59:08

          चीनले मित्रराष्ट्र र छिमेकी मुलुकको हैसियतमा थाइल्याण्डको आम-निर्वाचन सुचारु रुपमा आयोजना हुने आशा प्रकट गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 10 तारिखका दिन पैचिङ्गमा यस्तो आशा प्रकट गर्नुभएको हो।

          9 तारिख राति थाइल्याण्डका राजाले आदेश दिएपछि संसद विघटन भएको छ र सन् 2014 को फेब्रुअरी दुई तारिखका दिन आम-निर्वाचनको घोषणालाई स्वीकृत गर्नुभएको छ। निर्वाचनअघि प्रधानमन्त्री यिङ्गलक र केन्द्रिय निर्वाचन समितिका अध्यक्षले काम चलाउ सरकारको रुपमा जिम्मेवारी वहन गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह