फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राजदूतद्वारा चीनसँग सीमा जोडिएका जिल्लाका सभासदसँग रात्रीभोज वार्ता

(GMT+08:00) 2013-12-11 16:47:25

          तराईमा छिमेकी मुलुक भारतको राजनीतिक प्रभाव र दबाब रहने चर्चा भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालका हिमाली जिल्लामा प्रभाव विस्तार गर्न नयाँ रणनीति अपनाउन थालेको छ।

          नेपालस्थित चिनियाँ दूतावासले चीनसँग सीमा जोडिएका हिमाली र पहाडी जिल्लाका जनप्रतिनिधिसँग मात्र भेटघाट गरेपछि यस्तो रणनीति खुलासा भएको हो। चिनियाँ राजदूत ऊ छुन्थाईले संविधानसभामा निर्वाचित भएर आएका चीनसँग सीमा जोडिएका 13 र आसपासका जिल्लाका सभासद्सँग आइतबार रात्रिभोजसहित भेटघाट गर्नुभएको थियो।

          तिब्बत सरकारका उपमहासचिव वाङवेडाईको सम्मानमा राजधानीको होटल याक एन्ड यतीमा राति भोजको आयोजना गरिएको थियो। त्यस क्रममा सीमा जोडिएका हिमाली क्षेत्र र चीनबीचका आपसी सम्बन्ध समस्याबारे छलफल भएको भोजमा सहभागी कांग्रेस नेता एवं सोलुखुम्बुबाट निर्वाचित सभासद् बलबहादुर केसीले बताउनुभयो। उहाँले भन्नुभयो,'अहिले हिमाली क्षेत्रबाट जितेका सभासद्सँग सम्बन्ध स्थापित गरी दीर्घकालीन सम्बन्ध विस्तार गर्न खोजेका हुन् सक्छन्।'उहाँका अनुसार चीनले आफू असल मित्र भएकाले नबिर्सिन सन्देश दिएको थियो।

         संखुवासभा 1 बाट निर्वाचित कांग्रेस सभासद् तारामान गुरुङले भन्नुभयो,त्यो परिचयात्मक कार्यक्रम थियो। हिमाली क्षेत्रका वर्तमान समस्या समाधानलगायतका विषयमा कुराकानी भएका थिए।'चिनियाँ भोजमा एमाओवादी प्रवक्ता एवं सिन्धुपाल्चोकका सभासद् अग्नि सापकोटा र एमालेका नेता एवं धादिङका सभासद् राजेन्द्र पाण्डे पनि सहभागी रहेको विभिन्न संचारमाध्यमलाई उधृत गर्दै अनलाईन खबरले समाचार सम्प्रेषण गरेको छ। एमाओवादीका नेता बाबुराम भट्टराईलाई उक्त भोजमा बोलाइए पनि उपस्थित हुनुभएन। भोजको तयारी पर्यटन मन्त्रालयले गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह