फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बैंकका अध्यक्षद्वारा चीनको आर्थिक सुधार सम्बन्धी कदमको प्रशंसा

(GMT+08:00) 2013-12-11 10:49:41

          विश्व बैंकका अध्यक्ष जीम योङ्ग किमले हिजो डिसेम्बर दश तारिखका दिन वाशिङ्गटनमा हाल चीनद्वारा अर्थतन्त्र सुधार गर्न चालेको श्रृंखलाबद्ध कदमको प्रशंसा गर्नुभएको छ।

          बजारमा ऊर्जास्रोतको बन्दोबस्त गर्न निर्देशकीय भूमिका सिर्जना गराउनका लागि हाल चीनले शाङ्गहाई स्वतन्त्र व्यापार क्षेत्रको स्थापना तथा पारिवारिक दर्ताको सुधार आदि विविध कदम चालेको छ। चीन सरकारद्वारा आफ्नो सुधार प्रतिक्रियालाई जोड दिइएको अठोटप्रति अध्यक्ष जीमले प्रशंसा व्यक्त गर्नुभएको छ।

          उहाँका अनुसार हाल सारा विश्वको अर्थतन्त्रमा ह्रास आउनसक्ने सम्भावना रहेको छ। अमेरिकाको आर्थिक नीति तथा नियमले आफ्नो देशमा मात्र नभइ सारा विश्वमै प्रभाव पारेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह