फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण अफ्रिकी स्वर्गीय पूर्व-राष्ट्रपति नेल्शन मण्डेलाको श्रद्धाञ्जली समारोह

(GMT+08:00) 2013-12-11 08:31:32

        दक्षिण अफ्रिकी स्वर्गीय पूर्व-राष्ट्रपति नेल्शन मण्डेलाको श्रद्धाञ्जली समारोह 10 तारिख जोहानसबर्गमा भव्य रुपमा आयोजना गरिएको छ। पानी परे तापनि विभिन्न मुलुकका सयौं राष्ट्रनायक तथा नेतागण र एक लाख भन्दा बढी सर्वसाधारणले उक्त समारोहमा भाग लिएका छन्।

         दक्षिण अफ्रिकी अफ्रिकन नेशनल काँग्रेसका उपाध्यक्ष स्यरिल रामाफोसाले श्रद्धाञ्जली समारोहको अध्यक्षता गर्नुभएको थियो। नेल्शन मण्डेलाले स्वतन्त्रताको बाटोलाई नेतृत्व दिंदै गर्दा हाल अवरुद्ध हुन पुगेपनि हाम्रो लागि बाटो भर्खरै सुरु भएको छ भनेर उहाँले बताउनुभयो।

         संयुक्त राष्ट्रसंघका महासचिव बान कि मून, अफ्रिकन संघका अध्यक्ष न्कोसाचाना ड्लामिनि चुमा, अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्बोधन गरेर नेल्शन मण्डेलाको जीवनको उच्च मूल्याकन गर्नुभएको छ। समारोहमा राष्ट्रपति ओबामा र क्यूबाका नेता राउल कास्ट्रोले हात मिलाउनुभएको छ।

          चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गका विशेष प्रतिनिधि उपराष्ट्राध्यक्ष ली युआन छाउले श्रद्धाञ्जली समारोहमा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह